एक पटक चार्ज गरिसकेपछि निरन्तर चलाउँदा एक दिनभरका लागि चार्ज टिकाउने स्मार्टफोन केहीमात्र छन् । स्मार्टफोनको अत्याधुनिकता बढ्दै जाँदा ब्याट्रीको चार्ज टिक्ने समय भने घट्दै गएको छ ।
यस्तो अवस्थामा छिटो छिटो स्मार्टफोनलाई चार्जमा राख्नुपर्ने हुन्छ र त्यसरी रिचार्ज गर्दा छोटो समयमा धेरै चार्ज हुने स्मार्टफोन आवश्यक भैसकेको छ ।
बजारमा विभिन्न कम्पनीका अति महंगादेखि निकै सस्तो मूल्य सम्मका एक से एक स्मार्टफोनहरु उपलब्ध छन् । तर, तीमध्ये कुन स्मार्टफोनको ब्यट्री चार्ज गर्दा सबैभन्दा छोटो समयमा सबैभन्दा धेरै उर्जा सँगाल्न सक्छ होला?
यसमा कम्पनीहरुका आ-आफ्ना दाबी हुन सक्लान् । तर पछिल्लोपटक गरिएको एक अनुसन्धानले भने यस मामिलामा सामसुङको ग्यालेक्सी एस सिक्स स्मार्टफोन सबैभन्दा उत्कृष्ट रहेको देखाएको छ ।
प्रविधि विज्ञ एलेक्स क्रान्जले बजारमा उपलब्ध विभिन्न कम्पनीका पछिल्ला चर्चित ७ स्मार्टफोनहरुको चार्जिङ क्षमताको परीक्षण गरेकाथिए ।
त्यसक्रममा उनले केही मिनेट भरमै ब्याट्री चार्ज बढाइ हाल्नका लागि एसस कम्पनीको जेनफोन २ स्मार्टफोन सबैभन्दा उपयुक्त रहेको तथ्य पत्ता लगाइन् । तर, समग्रमा सामसुङको ग्यालेक्सी एस सिक्स स्मार्टफोन सबैभन्दा तिव्र गतिमा चार्ज हुने उनको ठहर छ ।
उता एप्पललको आइफोन सिक्स भने सबैभन्दा सुस्त गतिमाचार्ज हुने स्मार्टफोन ठहरिएको छ ।
क्रान्जले आफ्नो परीक्षणका क्रममाआइफोन सिक्स, ग्यालेक्सी एस सिक्स, एसस जेनोफोन टू, एलजीको जिफोर, मोटोरोलाको ड्रोइड टर्बो, गुगललको नेक्सस सिक्स तथा वन प्लस टू स्मार्टफोन समावेश गरेकीथिइन् ।
हरेक परीक्षणका क्रममा उनले हरेक स्मार्टफोनको ब्याट्रीको चार्ज रित्तिएर फोन आफै अफहुनदिइन् । त्यसपछि उनले हरेक फोनलाई ५ प्रतिशतचार्ज गरिन् ।
त्यसरी ५ प्रतिशत सम्मचार्ज गरिएका हरेक स्मार्टफोनलाई एकसाथचार्जमा राखियो अनि हरेक ५, १५ तथा ३० मिनेटमा कति प्रतिशत चार्ज भयो भन्ने कुराको रेकर्ड राखियो । त्यसका साथै ब्याट्री शतप्रतिशत चार्ज हुनका लागि कति समय लाग्यो भन्ने कुरा पनि रेकर्ड गरियो ।
५ मिनेटको चार्जिंङ पछिको रेकर्ड हेर्दा एससको जेनोफोन टू सबैभन्दा अग्रस्थानमा थियो । ५ मिनेटमै जेनोफोन टू १७ प्रतिशतचार्ज भैसकेको थियो जबकी गुगलको नेक्सस सिक्स र वनप्लस टू दुबै ११ प्रतिशतचार्ज भएका छन् ।
आइफोन सिक्स भने ५ मिनेटको अवधिमा जम्मा ६ प्रतिशत मात्र चार्ज भएको थियो ।
आधा घण्टापछिको समयको चार्ज रेकर्ड हेर्दा एसस जेनोफोन टू र सामसुङग्यालेक्सी एस सिक्स पहिलो स्थानमा देखिए । दुबै स्मार्टफोनको ब्याट्री आधा घण्टाको समयमा ५३ प्रतिशत चार्ज भएको पाइयो ।
नेक्सस सिक्स ४४ प्रतिशत, आइफोन सिक्स ३६ प्रतिशत तथा वन प्लस टू ३४ प्रतिशतचार्ज भए ।
तर,शत प्रतिशत चार्ज हुनका लागि एप्पललको आइफोन सिक्सलाई पूरै २ घण्टा ३५ मिनेट लाग्यो । जबकी ग्यालेक्सी एस सिक्स १ घण्टा २२ मिनेटमा फुलचार्ज भयो अनि एलजीको जिफोर स्मार्टफोनलाई फुलचार्ज हुन १ घण्टा ३६ मिनेट लाग्यो ।
पाँच मिनेटमै १७ प्रतिशतचार्ज भएको एससको जेनोफोन टू लाई पूरै चार्ज हुन १ घण्टा ४९ मिनेट लाग्यो ।
छोटो समयमा चार्ज हुने मामिलामा मोटोरोलाको ड्रोइड टर्बो तेश्रो स्थानमा रह्यो । उक्त स्मार्टफोन १ घण्टा ४७ मिनेटमा फुल चार्ज भयो । यो नतिजाको विस्तृत ग्राफिकल प्रस्तुती टम्सगाइड वेबसाइटमा दिइएको छ ।

0 comments:
Post a Comment