728x90 AdSpace

  • Latest News

    Monday, July 25, 2016

    प्रधानमन्त्री केपी ओलीले गरे गम्भिर खतराको संकेत


    काठमाडौँ, ११ साउन - कहिलेकाहिँ संसदको अंकगणित र जनताको आशाभरोषाको बीचमा विरोधाभाष सिर्जना हुन्छ। 

    मैले त्यस्तै देखिरहेको छु। जनता राजनीतिक स्थायित्व खोजिरहेका छन्। जनता विगतका गल्ती कमजोरीबाट शिक्षा लिएर असल राजनीतिक संस्कार स्थापित होस् भन्ने चाहिरेका छन्। तर, भइरहेका परिदृश्यहरु भिन्न छन्।

    व्यवस्थापिका संसदमा आफूविरुद्वको अविश्वास प्रसातवमाथि आइतबार जवाफ दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्त गरेका अभिव्यक्ति हुन यी। हुन पनि, प्रधानमन्त्री ओलीले व्यक्त गरेकै परिदृश्य अहिले देखिएको छ।

    सिंगो देश ओली नेतृत्वको सरकारको पक्षमा रहँदा–रहँदै, सडकमा ओलीका लागि होइन, हाम्रो भोलिका लागि ओली सरकार भन्दै नारा घन्किँदा घन्किँदै अंकगणितिय खेलका कारण प्रधानमन्त्री ओलीले आइतबार राजीनामा दिए।

    २००७ सालदेखि अहिलेसम्मका सबैभन्दा सफल प्रधानमन्त्रीका रुपमा दरिएका ओली देश र जनतालाई समृद्व बनाउने सपना थाँती राखेर सरकार छाड्न बाध्य भए। यो अवस्था साँच्चै नाटकीय देखिन्छ।

    प्रधानमन्त्री ओलीको शब्दमा सत्यको पक्षमा उभिनेहरु दण्डित हुनुपर्ने, देशभक्तिको कुरा गर्नेहरुले सजाय भोग्नुपर्ने र अवसरवादको बिगबिगि हुने स्थिति आएको छ। तर, यस्तो स्थिति सधैँ रहँदैन, प्रधानमन्त्रीले सम्बोधनका क्रममा दृढताका साथ आशा पनि जगाएका छन्, यसबीचमा संविधान जारी गरिएको छ। यो कार्यान्वयनको क्रममा छ। आर्थिक समृद्वि र विकासको बलियो जग बसालिएको छ। राष्ट्रिय स्वाभीमान र गौरवलाई माथि उठाइएको छ। हो, यीनलाई भत्काउने कोसिस सुरु भएको छ र आगामी यस्ता प्रयास अझ तिव्र पारिनेछन्।’ आजको दृष्टि साप्ताहिकमा खबर छ ।


    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: प्रधानमन्त्री केपी ओलीले गरे गम्भिर खतराको संकेत Rating: 5 Reviewed By: Unknown
    Scroll to Top