728x90 AdSpace

  • Latest News

    Wednesday, July 13, 2016

    ओली सरकारलाइ ‘धोका दिने कमरेड प्रचण्डलाई

    एमालेको झापड, अवको प्रधानमन्त्री रामचन्द्र पौडेल’
    भनिन्छ, राजनीतिमा जे पनि सम्भव हुन्छ । नेपालको राजनीतिलाई हेर्ने हो भनेपनि त्यस्तै देखिन्छ । बजेट पास हुन नपाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएर माओवादी केन्द्रले अविश्वासको प्रस्ताव नै दर्ता गराइसकेको छ । सरकार ढाल्न महत्वपूर्ण भूमिका खेलेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बैठक राखेर प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव पारित गराइसकेका छन् । प्रधानमन्त्री केपी ओलीका सामू संसद विघटन गरेर निर्वाचनको मिति घोषणा गर्ने संवैधानिक बाटो खुल्ला छ ।
    तर त्यो बाटो नहिड्ने संकेत एमालेले गरिसकेको छ । संसदलाई फेस गरेर अगाडि बड्ने निष्कर्षमा एमाले नेताहरु पुगिसकेका छन् । अहिलेकै स्थितिलाई हेर्दा संसदबाट विश्वासको मत लिन वा अविश्वासको मतलाई अस्वीकृत गर्न आवश्यक मत सत्तारुढ दलहरुसँग छैन । यस्तो अवस्थामा प्रधानमन्त्री ओलीले ‘सरकारबाट हट्नुको कारण संसदलाई सोध्ने भएका छन् । ओलीले आफूले अहिलेसम्म गरेका काम र आफ्ना योजनाहरु स्पष्ट रुपमा राख्ने छन् । प्रधानमन्त्री निकट केन्द्रीय सदस्य एवं पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले नेपालपाटीसँग भने ‘सांसदहरुलाई प्रधानमन्त्रीले आफू हट्नुपर्ने कारण सोध्नुहुनेछ, आफूले गरेका काम र योजना संसदमार्फत जनतालाई स्पष्ट पार्नुहुनेछ ।’ सरकारको विरोधमा बुधबार दर्ता भएको अविश्वासको प्रस्ताव परिपक्क हुन संसद नियमावली अनुसार एक साता लाग्नेछ । नियमावलीको नियम १६० अनुसारको प्रयोग गर्ने सन्दर्भमा सभामुखले आफ्नो तजविजीमा सो प्रस्ताव एक साताभित्र छलफलको प्रक्रिया अघि बढाउन सक्नेछिन् । अविश्वासको प्रस्ताव पारित भएमा नयाँ सरकार बन्ने बाटो खुल्नेछ । त्यसपछि राष्ट्रपति विद्या भण्डारीले सहमतीय सरकार गठनका लागि दलहरुलाई एक हप्ताको समय दिनेछिन् । त्यो अवधिमा सहमति नभए फेरि बहुमतीय सरकार गठनका लागि आह्वान गर्ने छिन् । प्रायः सवै दलले सहमतिको सरकार गठनमा जोड दिएकाले त्यो बीचमा नयाँ–नयाँ ढंगले छलफल हुनेछ । जसको नाममा सहमति बन्छ, उसैको नेतृत्वमा सहमतीय सरकार गठन गर्ने प्रतिवद्धता सवै दलका नेताहरुले गरिसकेका छन् । नेकपा एमालेले कसलाई समर्थन गर्ला वा आफैँ उम्मेदवारी देला भन्ने विषयलाई महत्वका साथ हेरिएको छ । ओली निकट विश्वस्त स्रोतका अनुसार एमालेले यसअघि सत्र पटक प्रधानमन्त्रीको निर्वाचनमा पराजित नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्रीको रुपमा प्रस्ताव गर्नेछ । संसदको सवैभन्दा ठूलो दलका नेतालाई दोस्रो ठूलो दलले प्रधानमन्त्रीमा प्रस्ताव गरेपछि कांग्रेसलाई ठूलो नैतिक दवाव पर्नेछ । त्यस्तो अवस्थामा आगामी प्रधानमन्त्री प्रचण्ड नभएर पौडेल हुने सम्भावना उत्तिकै छ । एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार आगामी २० दिनसम्म राजनीतिक घटनाक्रम अहिलेकै जस्तो मात्र हुने छैन् । ‘सवैले सहमतिको कुरा गरेका छन्, एमालेले पनि पहल गर्नेछ’ श्रेष्ठले भने ।
    न्युज साभार -नेपाल पाटि बाट

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: ओली सरकारलाइ ‘धोका दिने कमरेड प्रचण्डलाई Rating: 5 Reviewed By: Unknown
    Scroll to Top