सेलिब्रेटीहरुको नितान्त व्यक्तिगत जीवनका हरेक विषयहरु आममानिसका लागि चासोको विषय हुने गर्छ। अझ ‘सो बिज’ दुनियाँमा लागेका व्यक्तिहरुको प्रेमदेखि ब्रैकअप, बिहे, प्याचअपसम्मका विषयहरु ‘मसालेदार’ मानिन्छन्। यो दुनियाँमा प्रेमका सफल/असफलका विषयजस्तै सन्तानप्राप्ति पनि अर्को ‘ग्लामरस’ विषय बन्दै गएको छ। बलिउडमा केही सेलिब्रेटीहरु सन् २०१६ मा आमाबाबु बन्न लागेका छन्। यसैकारणले मात्र पनि उनीहरुको चर्चा छ।
श्रेया-शिलादित्य: बलिउडकी चर्चित पाश्र्व गायिका श्रेया घोषाल यसै वर्ष आमा बन्दैछिन्। बालकदेखिको साथी तथा प्रेमी शिलादित्य मुखर्जीसँग बिहे गरेकी श्रेया गर्भवती रहेको कुरा हालै एक कार्यक्रममा उनी पुगेपछि सार्वजनिक भएको थियो। उनका पति व्यवसायी हुन्।

शाहिद–मीराः बलिउड अभिनेता शाहिद कपुर यसै वर्ष बाबु बन्दैछन्। शाहिद गत वर्ष मात्र मीरा राजपुतसँग बिहे गरेका थिए।

सैफ–करीनाः बलिउड अभिनेता सैफ अली खानकी दोस्रो पत्नी तथा अभिनेत्री करिना कपुरको घरमा पनि यसै वर्ष नयाँ सदस्य भित्रनेछ। सैफ र करिनाले चार वर्षअघि बिहे गरेका थिए।
गीता–हरभजनः अभिनेत्री गीता बसरा तथा क्रिकेटर हरभजन सिंह पनि यसै वर्ष आमाबाबु बन्दैछन्। यो जोडीले गत वर्ष बिहे गरेको थियो।

श्वेता–अभिनवः श्वेता र अभिनव टेलिभिजनका चर्चित जोडी हुन्। तीन वर्षअघि बिहे गरेको यो जोडीबाट दोस्रो सन्तान हुन लागेको हो।

चाहत–फरहानः टेलिभिजन अभिनेत्री चाहत खन्नाले गत वर्ष फरहान मिर्जासँग दोस्रो बिहे गरेकी हुन्। उनले यसै वर्ष पहिलो सन्तानलाई जन्म दिन लागेकी हुन्।
रोशनी सिद्धार्थः टेलिभिजन अभिनेत्री रोशनी चोपडा तथा छायाँकार सिद्धार्थ कुमार आनन्दको जोडी पनि यसै वर्ष आमाबाबु बन्दैछ। सन् २००६ मा बिहे गरेको यो जोडीबाट यसअघि एउटा सन्तान जन्मिइसकेको छ।
श्वेता–हरमितः टेलिभिजन अभिनेत्री श्वेता साल्भेले सन् २०१२ मा हरमित सेट्ठीसँग बिहे गरेकी हुन्। यसै वर्ष उनले पहिलो सन्तानलाई जन्म दिन लागेकी हुन्।

करणवीर–टिजेः बलिउड अभिनेता करणवीर मेहरा तथा अभिनेत्री टिजे सिद्धुले १० वर्षअघि बिहे गरेका हुन्। पहिलो सन्तान यसै वर्ष भित्रने उनीहरुले यसै महिना घोषणा गरेका हुन्।

रोहित–नेहाः स्कुलदेखिकी साथी नेहा कामरासँग बिहे गरेका बलिउड अभिनेता तथा मोडल रोहित खुराना यसै वर्ष तेस्रो सन्तानको बाबु बन्दैछन्।

0 comments:
Post a Comment