728x90 AdSpace

  • Latest News

    Wednesday, July 1, 2015

    स्मार्टफोनमा यसरी बचाउनुहोस मोबाइल डाटा,,,

    स्मार्टफोनमा डाउनलोड भएका एपहरु आफै अपडेट हुँदा कहिलेकाहीँ दिक्क होइन्छ ।
    मोबाइल डाटा वा वाइफाइ मार्फत इन्टरनेट चलाइरहेको बेला एपहरु अटो अपडेट हुँदा मोबाइल डाटा खर्च हुने र मोबाइलको ब्यालेन्स रित्तिँदै गएको पत्तो पाइन्न ।
    एप्स निर्माताहरुका अनुसार अटो अपडेट फिचरले एपहरुको कमजोरी हटाउन तथा यसलाई अझै उत्कृष्ट बनाउन सहयोग गर्ने बताउँछन् ।
    कहिलेकाहीँ सुरक्षाको कारण पनि यस्तो अटो अपडेट फिचर दिइएको हुन्छ ।
    तर धेरै स्मार्टफोन प्रयोगकर्तालाई आफ्नो स्मार्टफोनको एप आफैले म्यानुअल्ली अपडेट गर्ने इच्छा हुन्छ, न की अटो अपडेटबाट मोबाइल डाटा रित्याउन ।
    कहिलेकाहीँ अटो अपडेटले कुनै एपलाई यस्तो गरी बदलिदिन पनि सक्छ जुन तपाइँको उक्त एप प्रयोग गर्ने बानीको अनुरुप नहुन पनि सक्छ । त्यसैले यस्तो स्थितिबाट बच्नका लागि पनि तपाइँले स्मार्टफोनमा अटो अपडेट अप्सनलाई बन्द गर्नुपर्छ ।
    कसरी गर्ने अटो अपडेट बन्द ?
    आफ्नो एन्ड्रोइड स्मार्टफोन वा ट्याबलेटमा गुगल प्ले स्टोरमा क्लिक गर्नुस् । त्यसपछि स्त्रिmनको दायाँपट्ट िमाथिल्लो भागमा तिनवटा विन्दु देखिनेछन् । त्यसलाई ट्याप गरेर सेटिङ अप्सनलाई छान्नुहोस् ।
    त्यसपछि त्यहाँ अटो अपडेट एप्स नामक अप्सन देखिनेछ । उक्त अप्सनको अगाडि रहेको बक्समा लगाइएको चिन्ह हटाइदिनुहोस् । अब तपाइँको स्मार्टफोनमा एपहरु आफै अपडेट हुनेछैनन् र नजानिँदो गरी मोबाइल डाटा रित्तिने छैन ।
    अपडेटका लागि वाइफाइ
    तपाइँले आफ्नो फोनको सेटिङमै वाइफाइ उपलब्ध भएको बेला एप अपडेट हुने गरी मिलाउन पनि सक्नुहुन्छ । यदि त्यसो गर्नुभयो भने जब तपाइँ आफ्नो घर वा अफिसको वाइफाइ जोनमा पुग्नुहुन्छ, तब तपाइँको मोबाइलको एप अपडेट हुन थाल्नेछ । तर मोबाइल डाटाबाट स्मार्टफोन एप अपडेट हुनेछैन ।
    चाहनुहुन्छ भने अलग अलग एपका लागि फरक फरक सेटिङ पनि मिलाउन सक्नुहुन्छ । त्यसका लागि तपाइँले हरेक एपमा गएर त्यहाँ रहेको अटो अपडेट अप्सनको ‘टिक बक्स’ मा क्लिक गर्नुपर्ने हुन्छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: स्मार्टफोनमा यसरी बचाउनुहोस मोबाइल डाटा,,, Rating: 5 Reviewed By: Unknown
    Scroll to Top