728x90 AdSpace

  • Latest News

    Friday, July 10, 2015

    ६.५ रिक्टर स्केलको भूकम्प,,पुरा विवरण आउन बाकि ,,,

    सिड्नी ।

    सोलोमोन द्वीपमा शुक्रबार ६.५ रिक्टर स्केलको भूकम्प गएको समाचार छ । सो भूकम्पको कारण सुनामीको चेतावनी भने दिइएको छैन ।

    सो भूकम्पको केन्द्रविन्दु दादालीदेखि १५४ किलोमिटर दक्षिणपश्चिम र सोलोमान द्वीपको राजधानी होनीयारदेखि १७० किलोमिटर पश्चिममा २० किलोमिटर गहिराइमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ ।

    सोलोमोन द्वीपको राष्ट्रिय प्रकोप नियन्त्रण कार्यालयका प्रवक्ताले यस भूकम्पको कारण मानवीय र भौतिक नोक्सानीको कुनै विवरण हालसम्म प्राप्त नभएको बताएका छन ।

    अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाका सुरुमा यो भूकम्प ७.० रिक्टर स्केलको भएको जनाइएको थियो । शुक्रबार आएको ६.५ रिक्टर स्केलको भूकम्पपछि ५.३ रिक्टर स्केलको पराकम्पन आएको बताइएको छ ।

    सन् २०१३ मा सोलोमोन द्वीपमा आएको ८.० रिक्टर स्केलको भूकम्पपछि आएको सुनामीमा परी कयौँ व्यक्तिको मृत्यु भएको थियो । त्यसैगरी कयौँ भवनहरु ध्वस्त भएका कारण हजारौँ व्यक्ति घरवारबिहीन भएका थिए । रासस
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: ६.५ रिक्टर स्केलको भूकम्प,,पुरा विवरण आउन बाकि ,,, Rating: 5 Reviewed By: Unknown
    Scroll to Top