भूकम्पमा परी ज्यान गुमाएको सम्झनामा झम्सिखेलका युवाहरूले ललितपुरको झम्सिखेल एरियाभरी दीप प्रज्वलन गरेका छन्।
सिजीदेखि विकास राणाको इम्पेरियर कोर्ससम्म, विगमार्टदेखि व्रिटिस स्कुलसम्म सडकको दायाँ बायाँ ८६९२ वटा वत्ती बालिएको छ।
वैशाख १२ गते गएको विनासकारी भूकम्पमा अहिलेसम्म ज्यान गुमाउनेको संख्या ८६९२ पुगेको भएकाले सोही संख्यामा बत्ती बालिएको झम्सिखेल युवा क्लबका सह-सचिव दान बहादुर थापा मगरले बताए।
झम्सिखेल चोक र अरूण थापा चोकमा राष्ट्रिय झन्डाको आकृति बनाएर वरिपरि मैन बत्ती बालिएको छ। भने सडकका दायाँ बायाँ दुवै किनारमा बत्ती बालिएको छ। साँझ ७ बजे सुरू भएको दीप प्रज्वलन कार्यक्रम एकै समयमा झम्सीखेल क्षेत्रभरी बालिएको थापामगरले बताए।
उनका अनुसार मृतकको आत्माको शान्तिका लागि दीप प्रज्वलन कार्यक्रम गरिएको हो। यसका लागि क्लबले केही खर्च बेहोर्ने र बाटोमा घर पर्ने ब्यक्तिले आ-आफ्नो घर अगाडि बत्ती बाल्ने योजना अनुसार कार्यक्रम सफल भएको हो। स्थानीयबासीले दियो, बत्ती, तेल लगायतका सामाग्री पनि दिएर सहयोग गरेका थिए।
यसअघि आज क्षमा पूजा गरेर समय बजी खाने कार्यक्रम पनि राखिएको थियो।
यो भूकम्पमा झम्सिखेल क्षेत्रबाट २ जनाले ज्यान गुमाएका छन्।
0 comments:
Post a Comment