728x90 AdSpace

  • Latest News

    Tuesday, June 2, 2015

    फेरि भूकम्पको धक्का


    अहिले केहीबेर अघि राजधानीमा भूकम्पको धक्का महशूस भएको छ। गत वैशाख १२ पछि भूकम्पको धक्का आउने क्रम जारी छ। यसअघि शनिबार बिहान १ बजेर ५२ मिनेटमा धादिङ, नुवाकोट र काठमाडौंलाई केन्द्र बिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्पको धक्का महशूस भएको थियो। यस्तै अहिले साँझ ८ बजेर ३५ मिनेटमा रसुवा र नुवाकोटको सीमामा ४ रेक्टर स्केलको धक्का महशुस भएको थियो।
    यसैबीच राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नुवाकोट केन्द्रबिन्दु बनाएर ४.५ रेक्टर स्केलको भूकम्पको धक्का महशूस गरिएको छ। यसअघि अमेरिकी मापन केन्द्रका अनुसार चितवन केन्द्रबिन्दु बनाएर ४.३ रेक्टरस्केल मापन गरेको छ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: फेरि भूकम्पको धक्का Rating: 5 Reviewed By: Unknown
    Scroll to Top