काठमाडौं, जेष्ठ ४ - महाभूकम्पले अति प्रभावित काठमाडौंको शंखरापुर नगरपालिकाको नाङ्लेभारे क्षेत्रमा सैनिक श्रीमती संघले राहत वितरण गरेको छ । उनीहरुले त्रिपाल र खाद्यान्न सहितको राहत वितरण गरेको हो ।
भूकम्पको कारण यो क्षेत्रमा ३४ जनाको मृत्यु भएको थियो । ५० जना घाइते र १ हजार २ सय ६० वटा घरहरु पूर्ण रुपमा क्षति भएको थियो । भूकम्पमा करिब ७ हजार विस्थापित भएका थिए । तीमध्ये ३ सय परिवारलाई संघले राहत वितरण गरेको सेनाको भैरवप्रसाद गणले जनाएको छ ।
वास्तविक पीडितको पहिचान गरी अस्थायी राहत कुपन वितरण गरी राहत वितरण कार्यक्रममा सहभागी गराएको थियो । सैनिक श्रीमती संघ र बुद्धिष्ट चुचि फाउण्डेशनको संयुक्त प्रयासमा उपत्यका पृतनापति उपरथी अनुजबहादुर वस्न्यातको उपस्थितीमा सैनिक श्रीमति संघका अध्यक्ष अध्यक्ष रोहिणी राणा र बुद्धीष्ट चूचि फाउण्डेशन प्रमुखले भूकम्प पीडित परिवारलाई राहत वितरण गरेका थिए ।
0 comments:
Post a Comment