728x90 AdSpace

  • Latest News

    Tuesday, June 2, 2015

    युट्युवमा भाइरल बन्यो सलमानको ‘बजरंगी भाईजान’ को टिजर

    मुम्बाई, चैत १६ – पछिल्लो केही समय बलिवुड स्टार सलमान खानका लागि सुखद नरहे पनि उनको प्रतिक्षित चलचित्र ‘बजरंगी भाईजान’ ले भने राम्रो चर्चा बटुलिरहेको छ । केही दिन अघि मात्र यसको टिजर युट्युवमा रिलिज गरिएको थियो । रिलिजसँगै चलचित्रको टिजरबारे दर्शकबाट निकै राम्रो प्रतिक्रिया आइरहेको छ । रिलिज गरिएको २० घण्टामा नै यसलाई ९.६ लाख पटक हेरिसकिएको छ । सलमान खान र करिना कपुरको मुख्य भूमिका रहेको यस चलचित्रका निर्देशक कबीर खान हुन् । चलचित्र यसै वर्षको ईदको मौका पारेर रिलिज गरिने तयारी गरिएको छ । १.३२ मिनेट लामो उक्त टिजरमा सलमानलाई भगवान हनुमानको भक्तको रुपमा चित्रण गरिएको छ । टिजरमा करिना र नवाजुद्दीन सिद्धिकीलाई पनि देख्न सकिनेछ । यसमा एक बालिका झुक्केर पाकिस्तानको सीमाबाट भारत प्रवेश गर्छिन् र सलमानले उनलाई पाकिस्तान पुर्याउन संघर्ष गर्छन् । सोसल मिडियामा बजरंगी भाइजान ट्रेन्डिङ थियो भने यसको फस्ट लुकलाई साहरुख खानले समेत सेयर गरेका थिए ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: युट्युवमा भाइरल बन्यो सलमानको ‘बजरंगी भाईजान’ को टिजर Rating: 5 Reviewed By: Unknown
    Scroll to Top