728x90 AdSpace

  • Latest News

    Tuesday, June 2, 2015

    नेपाली विद्यार्थीको हत्यारालाई ८५ वर्षको जेल सजाय


    murder
    न्युयोर्क, जेष्ठ १९ - नेपाली मुलकी विद्यार्थी समानता श्रेष्ठको हत्याको अभियोगमा पक्राउ परेकी अभियुक्तलाई अमेरिकी एक अदालतले ८५ बर्षको जेल सजाय तोकेको छ । सोमबारको फैसलामा भर्जिनिया ब्ल्याक्स बर्ग स्थित मोन्टेगेमेरी सर्किट कोर्टले अभियुक्त जेशिका मिचेल ईविङलाई सो सजाय तोकेको हो । अभियुक्तलाई हत्याको अभियोगमा ८० बर्षको सजाय एवम प्रमाण लुकाएको आरोपमा थप पाँच बर्ष जेल सजायको फैसला भएको छ । यद्यपी अदालतको फैसलाका अनुसार उनले ४५ बर्षको सजाय पुरा गरे उन्मुक्ति पाउनेछिन् ।
    अदालतमा सोमबारको आठ घण्टाको बहसपछि सो फैसला भएको स्थानीय खेम भट्टचनले ईकान्तिपुर  लाई बताए ।
    भर्जिनिया टेकमा जिवशास्त्र बिषयमा अध्ययनरत २१ बर्षीया समानता श्रेष्ठको गत बर्षको फेब्रुअरीमा हत्या भएको थियो । हत्याको आरोपमा प्रहरीले भर्जिनिया टेकमा अध्ययरत ईविङलाई पक्राउ गरेको थियो ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: नेपाली विद्यार्थीको हत्यारालाई ८५ वर्षको जेल सजाय Rating: 5 Reviewed By: Unknown
    Scroll to Top