728x90 AdSpace

  • Latest News

    Thursday, June 4, 2015

    स्वस्थ छालाका निम्ति यसो गर्नुस् !

    स्वस्थ छालाका निम्ति यसो गर्नुस् !
    स्वास्थ्यकर खाना
    हाम्रो शरीर र छालामा रहेका कोषिकाहरू पुरानो भएर मर्ने र नयाँ उत्पन्न हुने क्रम जारी रहने गर्छ। नयाँ कोषिका बढी सिर्जना भयो भने छालाको चमक कायम रहन्छ। छालामा चाउरी नपरोस् भन्नका लागि स्वास्थ्यकर र ताजा खाना खाने गर्नुपर्छ। यसले नयाँ कोषिका सिर्जना गर्न मद्दत गर्छ।

    पिउने पानी
    छालालाई स्वस्थ र जवान राख्न यसलाई पानीले सिञ्चित गरिरहनुपर्छ। शरीरमा पानीको मात्रा कम भयो भने छाला सुक्खा र अनाकर्षक बन्न पुग्छ। छालाको सुन्दरतालाई कायम राख्न र उमेर ढल्किँदै गए पनि यसको चमक गुम्न नदिन प्रतिदिन तीनदेखि चार लिटर पानी पिउने गर्नुपर्छ। यसरी पानी खानाले छालालाई खराब गर्ने 'टक्सिन'हरू पसिना र पिसाबबाट बाहिर जाने गर्छन्।

    म्वइस्चराइजिङ क्रिम
    म्वइस्चराइजिङ क्रिमले छालामा सुक्खापन आउन दिँदैन र यसको कान्तिलाई कायम राख्छ। जवान देखिने रहर हुनेले म्वइस्चराइजिङ क्रिम जथाभावी लगाउनु हुँदैन। हातलाई तलबाट माथि गर्दै क्रिम दल्नाले छाला स्वस्थ देखिन्छ।

    हर्बल र ग्रिन टी
    हर्बल र ग्रिन टीमा एन्टिअक्सिडेन्टको मात्रा उच्च हुन्छ। यसले छालाको बुढ्यौली घटाउने गर्छ। कफी पिउने गर्नुभएको छ भने र उमेर घर्किंदै जान थालेको छ भने तुरुन्तै हर्बल र ग्रिन टीको बानी लगानुहोला। कफी र अन्य क्याफिनयुक्त पेय पदार्थले शरीरलाई डिहाइड्रेट गराउँछ। जसकारण अनुहारको चमक हराउन पुग्छ। साथै, कफी खानाले मानसिक तनावसमेत बढ्छ। जसले छालालाई थप बिगार्ने गर्छ।

    कफी बढी खानाले शरीरमा पानीको मात्रा कम हुन्छ। त्यही भएर कफी बढी खाने मानिस चाँडै बुढोजस्तो देखिन थाल्छ, छाला चाउरिन थाल्छ।

    नियमित व्यायाम
    नियमित व्यायाम गर्नाले मानिस जवान देखिन्छ। व्यायाम गर्दा शरीरमा रक्तसञ्चार र श्वासप्रश्वास तीव्र हुन्छ। यसले शरीरका हरेक कोषिकामा पोषक तत्व पुर्यारउने गर्छ। साथै, तीव्र श्वासप्रश्वास र रक्तसञ्चार हुँदा शरीरमा अक्सिजनको इन्टेक पनि बढ्न पुग्छ। यसले छालालाई सुक्खा हुन अथवा चाउरी पर्न दिँदैन।

    तनावरहित जीवन
    तनाव लिनाले शरीरका विभिन्न कोषिका नष्ट हुन्छन्। यस्ता कोषिका नष्ट भएमा छाला झोल्लिएजस्तो देखिने, दाग देखिने, चाउरी देखिने, छाला रुखासुक्खा हुने लगायत हुन्छन्। तसर्थ, ध्यान, योग, जगिङ, गार्डेनिङ, घरपालुवा जनावरसँगको घुलमिल, खेलकुद आदिले तनावको मात्रा घटाउँछन्। जसको सीधा असर पर्छ, छालाको सुन्दरतामा।

    के खाने?

    भिटामिन सी
    भिटामिन सीयुक्त खाना खानाले छालाको क्षमता बढ्छ, छालाको लचकता पनि बढ्छ र छालालाई सुक्खा हुनबाट जोगाउँछ। अमला, सुन्तला, कागती, भेडे खुर्सानीजस्ता प्रचुर भिटामिन सी पाइने खानामा जोड दिनुपर्छ।

    बेटा क्यारोटिन
    बेटा क्यारोटिन नामक तत्वले छालालाई जवान र स्वस्थ राख्ने कोषिकाहरू उत्पन्न गर्न मद्दत गर्छ। गाजर, सूर्यमुखी फुलको बियाँ, बदाम आदिमा यो तत्व पाइने भएकाले यिनलाई भोजनमा समावेश गर्नु राम्रो हुन्छ।

    जिंक
    जिंकले शरीरका कोषिकालाई हुर्काउन, बढाउन मद्दत गर्छ। यस्ता कोषिकाले छालालाई जवान र आकर्षक बनाउँछन्। सी–फुड, गेडागुडी र प्याज खानु छालाको स्वास्थका निम्ति फाइदाजनक हुन्छ।

    फ्याट
    ओमेगा–३ फ्याट्टी एसिडलगायत तत्वले छालालाई सुक्खा हुन दिँदैन। यस्तो फ्याट शरीर आफैँले उत्पादन गर्न नसक्ने भएकाले यो पाइने खाना खानुपर्छ। यस्ता खानाले छालाको सुक्खापन कम हुँदै जान्छ। ओखर, सोयाबिन, माछा, बदाम, एभोकाडो, जैतुनको तेल आदि बेला–बेला खानुपर्छ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: स्वस्थ छालाका निम्ति यसो गर्नुस् ! Rating: 5 Reviewed By: Unknown
    Scroll to Top