नयाँदिल्ली । भारतको नयाँदिल्लीबाट प्रकाशित हुने नेपाल आवाज दैनिक पत्रिकाले भारत र नेपालसँग सम्बन्धित भएर सेवा दिने संस्था तथा व्यक्तिलाई गरिमा–अवार्ड दिएको छ । अवार्ड पाउनेमा एभरेस्ट बैंक, मोर्डन इरा टुर एन ट्राभल प्रालि र भारतीय बुद्धिजीवी डीबी त्रिपाठी छन् । अवार्ड भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले वितरण गरेका थिए । एभरेस्ट बैंकले भारतबाट नेपाल पैसा पठाउन सहयोगी भूमिका खेल्छ भने, मोडर्न इरा टुर एन्ड ट्राभल्स प्रालिले पोखरादेखि दिल्ली बस सेवा दिँदै आएको छ । मोडर्न इराले हरेक शुक्रबार एकजना बेखर्ची हुन पुगेकालाई पीडित कोटामा निःशुल्क सेवा दिने गर्छ । ‘सुरुमा सेवा दिन निकै समस्या थियो । बीच बाटोमा विभिन्न खालका मानिसले बस रोकेर दुःख दिने प्रयास गर्थे,’ दिल्ली पोखरा बस सेवाका अध्यक्ष केशव प्रकाश अधिकारीले भने, ‘यात्रुको पनि उस्तै समस्या हुन्थ्यो । चालिसेसिटे बसमा एकचोटिमा दिल्लीबाट तीनजना र पोखराबाट चारजना मात्रै यात्रु चढाएर पनि सेवा दिँदै आयौँ । यसो गर्दा एकचोटि ८० हजारसम्म घाटा हुन्थ्यो । हामीले घाटा सहेरै सेवा दिँदै आयौँ । अहिले थुप्रै नेपालीले हाम्रो सेवा लिनुहुन्छ । बस सञ्चालन भएदेखि झन्डै पाँच सय पीडितलाई निःशुल्क सेवा दिइसकेका छौँ ।’ -
नेपाली र भारतीयको हितमा सेवा गर्नेलाई गरिमा अवार्ड

0 comments:
Post a Comment