मुम्बाई, जेठ १५ (एजेन्सी) – बलिवुड स्टार अमिताभ बच्चन एउटा कविताको कपिराइटको मामिलामा फँसेका छन् । अरुले लेखेको कविता अन्य व्यक्तिको नाममा बच्चनले समाजिक संजालमा सेयर गरेपछि उनीमाथि १ करोडको दाबी माग गर्दै मुद्दा दायर भएको छ ।
अमिताभको फेसबुक पेजमा विकास दुवे नाम गरेका एक व्यक्तिले ‘कोर्ट मे कुत्ता’ शीर्षकको कविता पोष्ट गरेका थिए जसलाई अमिताभले आफ्नो ट्वीटर र फेसबुकमा सेयर गरे ।
हरियाणका एक कवि जगबीर राठीले भने उक्त कविता आफ्नो भएको र तत्काल उक्त पोष्ट हटाउन वा सुधार गर्न आग्रह गरेका थिए । तर, अमिताभले त्यसलाई वेवास्ता गरेपछि ती कविले एक अमिताभविरुद्ध मुद्दा दायर गर्दै एक करोडको नोटिस पठाएका छन् ।
वास्तावमा उक्त कविता विकास दुवेको नभएर हरियाणाको रोहतक महर्षि दयानन्द विश्वविद्यालयका युथ वेलफेयर डिपार्टमेन्टका निर्देशक जगबीर राठीको हो । यसरी आफ्नो कविता अमिताभले अर्कैको नाममा सेयर गरेको पाएपछि उनले अभिताभलाई इमेर, ट्वीटर र फेसबुकबाट जानकारी गराएका थिए । तर, यति गर्दा पनि अमिताभले कुनै चासो नदेखाएपछि उनी कानुनको साहरा लिन बाध्य भए ।
अहिले जगबीर राठीले अमिताभलाई कानुन नोटिस पठाएर यस विषयमा १५ दिनभित्र जवाफ दिन र एक करोड रुपैयाँ जरिवाना तिर्न भनेका छन् ।
अमिताभले उक्त कविता २४ मेमा शेयर गरेका थिए ।
राठीलाई यस विषयमा उनका एक विद्यार्थीले जानकारी दिएका थिए । त्यतिबेलासम्म कविताले १.७२ लाख लाइक पाइसकेको थियो भने १६ हजारले सेयर गरेका थिए ।
‘मैले अमिताभको टाइमलाइनमा कमेन्ट पनि गरे तर आफ्नो गल्ती सुधार्नुको साटो उनले मेरो कमेन्टलाई डिलिट गरिदिए,’ राठी भन्छन् ।
नोटिसमा अभिताभको हर्कतलाई आपराधिक भनिएको छ ।
- See more at: http://www.ratopati.com/2015/05/29/236861.html#sthash.ZInQQ3OT.dpuf
0 comments:
Post a Comment