728x90 AdSpace

  • Latest News

    Tuesday, June 2, 2015

    पाँच गाविसको सतचालीस गाउँ तत्कालै सार्नूः सभासद् टोली

    धादिङ जिल्लाको अति विकट पाँच गाविसका ४७ बस्तीलाई तत्कालै सुरक्षित स्थानमा सार्ने व्यवस्था गर्न सभासद्को टोलीले जिल्ला विपद् व्यवस्थापन समितिलाई सिफारिस गरेको छ।
    पाँच गाविसका मानिसलाई भूकम्पपछि बर्खायाममा पहिरोको जोखिम भएकाले तत्काल नै स्थानान्तरण गर्नका लागि सिफारिस गरिएको हो । सभासद्हरु दिलमान पाख्रिन, धनबहादुर घले, पररशुराम तामाङ र पूर्वसभासद् पुष्पविक्रम मल्लले अध्ययन गरी एक साताभित्रै गाउँवासीलाई सुरक्षित स्थानमा राख्नका लागि प्रस्ताव गरेका हुन्।
    मोटर बाटोले नछोएको लापा गाविसको विभिन्न १५ वटा टोलको ७०० घर, री गाविसको विभिन्न सातवटा टोलबस्तीको एक हजार २९४ घर, तिप्लिङ गाविसको विभिन्न १३ वटा बस्तीको ११० घर, झार्लाङ गाविसको सातवटा टोलको ६५६ घर र सेर्तुङ गाविसको पाँचवटा टोलको ६२९ घर गरी तीन हजार ३८९ घरलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने प्रस्तावमा उल्लेख छ। अहिले पनि लगातार पहिरो गइरहेको र हिँडेर कुनै पनि गाउँ पुग्न नसकिने भएपछि बेलैमा सुरक्षाको उपाय अपनाएर जनतालाई राज्यका तर्फबाट दिन सकिने सेवा उपलब्ध गराउनुपर्ने सभासद् धनबहादुर घलेको भनाइ छ।
    भूकम्पपछि सो क्षेत्रहरुमा लगातारको पहिरोले गाउँवासी जोखिम मोलेर सो क्षेत्रमा बसिरहेका छन् भने केही गाउँलेले बस्न नसकिने अवस्था आएपछि घर छाडेका छन् । लापा, री र झर्लाङका केही सदरमुकाम नजिकै विस्थापित भएर बसिरहेका छन्।
    सभासद्हरुले पेस गरेको प्रस्तावको सम्बन्धमा एक हप्ताभित्र उनीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न टोली खटिएर गाउँसम्म पुग्ने र नागरिकको सुरक्षाका लागि सबै उपाय अपनाउने जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए। रासस
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: पाँच गाविसको सतचालीस गाउँ तत्कालै सार्नूः सभासद् टोली Rating: 5 Reviewed By: Unknown
    Scroll to Top