728x90 AdSpace

  • Latest News

    Thursday, June 4, 2015

    युवतीहरुको सेल्फी बाथरुमदेखि अफिससम्म

    युवतीहरुको सेल्फी बाथरुमदेखि अफिससम्म
    युवतीहरुले सेल्फी खिच्न दिनमा कति समय बिताउँछन् ? १० मिनेट, २० मिनेट वा ३० मिनेट ? यी तीन समय सोच्दैहुनुहुन्छ भने तपाईँ गलत साबित हुन सक्नुहुन्छ । एक अनुसन्धानमा युवतीहरुले हप्तामा पाँच घन्टासम्म सेल्फी खिचेर बिताउने गरेको तथ्य खुलेको छ । बेलायती पत्रिका मिररका अनुसार युवतीहरु दिनमा ४८ मिनेटभन्दा बढी समय सेल्फी खिचेर बिताउँछन् ।
    ४८ मिनेटमा १२ मिनेट मेकअप र ३६ मिनेट सेल्फी खिचेर बिताउने गरेको मिररले उल्लेख गरेको छ । १६ देखि २५ वर्षका दुई हजार युवतीमाझ गरिएको सो अनुसन्धानमा युवतीहरुको सेल्फी क्रेजबारे धेरै तथ्य फेला परेको छ । युवतीहरुको सेल्फी क्रेजबारे चर्चा गरौं।

    बाथरुम र कारमा सेल्फी
    अनुसन्धानमा धेरै युवतीहरुले बाथरुममा सेल्फी खिच्ने गरेको पाइएको छ । बाथरुम गएको बेला विभिन्न पोजिसनमा सेल्फी खिच्ने गरेको उनीहरुले बताएका छन् । यात्रा गर्दा कार र काम गर्दा अफिसमै समेत सेल्फी लिने गरेको अनुसन्धानमा उल्लेख छ । १० मध्ये एक युवतीले यस्ता सेल्फी खिच्ने र ती तस्बिरहरु आफ्नो स्मार्टफोन र कम्प्युटरमा सजाएर राख्ने गरेको पाइएको छ । २८ प्रतिशत युवतीले भने हप्तामा कम्तिमा एकपटक सेल्फी लिने गरेको बताइन् ।

    सेल्फीले मुड चेन्च
    अनुसन्धानमा सहभागी ५० प्रतिशतभन्दा धेरै युवतीले राम्रो सेल्फीले मन प्रसन्न हुने बताएका छन् । त्यसबेला खराब मुड एकाएक राम्रो हुने गरेको अनुसन्धानमा उल्लेख छ । करिब २२ प्रतिशत युवतीले समाजिक सञ्जालमा अपलोड गरिएको सेल्फी तस्बिरले धेरै 'लाइक' पाउँदा उत्साह बढेको र सेल्फी खिच्न आकर्षित गरेको बताएका छन् ।

    सेल्फी स्टिमको शिकार
    बेलायती वेवसाइट फिलिंगयुनिकले गरेको सो अनुसन्धानमा युवाहरुमा सेल्फी खिच्ने ट्रेन्ड निकै बढेको बताइएको छ । जसले युवाहरु सेल्फी स्टिमको शिकार बनेका छन् । अनुसन्धानमा संलग्न न्युबी हैंड्सका अनुसार सेल्फीले भरिएको इन्स्टाग्रामको फिडले मेकअप टिप्सदेखि फिटनेशबारे सुझाव आइने गरेको छ ।

    लाइक नपाउँदा तस्बिर डिलिट
    करिब २७ प्रशित युवतीले समाजिक सञ्जालमा राखिएको तस्बिरले पर्याप्त लाइक नपाउँदा केही मिनेटमै तस्बिर डिलिट गर्ने गरेको बताएका छन् । युवतीहरुले खिचेका आफ्नो सेल्फीमध्ये राम्रो तस्बिरलाई कम्तिमा दुई समाजिक सञ्जालमा अपलोड गर्ने गरेको सहभागी युवतीहरुले बताएका छन् ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: युवतीहरुको सेल्फी बाथरुमदेखि अफिससम्म Rating: 5 Reviewed By: Unknown
    Scroll to Top