728x90 AdSpace

  • Latest News

    Tuesday, June 2, 2015

    शेष घले अष्ट्रेलियाका ९९ औं धनी


    shesh ghale
    अष्ट्रेलिया, जेष्ठ १५ - नेपाली मुलका ब्यवसायी शेष घले अष्ट्रेलियाका ९९औं धनी ब्यक्ति बनेका छन् । गतबर्ष १ सय ५०औं स्थानमा रहेका घले यसबर्ष ५१औं स्थान माथि उक्लन्दै यस सुचिमा आइपुगेका हुन् ।
    अष्ट्रेलियाबाट प्रकाशित हुने आर्थिक पत्रिका बिजनेस रिभ्यु विक्लीले आज सार्वजनिक गरेको यसबर्षको सुचिमा उनी ५ सय २८ मिलियन डलरसहित उक्त सुचिमा अटाएका हुन् । गतबर्ष जम्मा ३ सय ३५ मिलियन मात्र सम्पती भएका घले दम्पतीको सम्पति एकबर्षमा १ सय ९३ मिलियन डलरले बृद्धि भएको छ । यसैगरि गतबर्ष १ सय ५१औं धनी ब्यक्तिको सुचिमा रहेकी उनकी श्रीमती जमुना गुरुङ समेत यसबर्ष १ सयौं धनी ब्यक्तिको नम्बरमा अटाएकी छिन् ।
    ‘यो तथ्यांक भनेको तलमाथि भइरहने हो । तर जे नतिजा आएको छ त्यसले प्रसन्नता नै दिएको छ ।’ नतिजा आएपछि कान्तिपुरसँग कुराकानी गर्दै घलेले भने– यो लगनशिलता र दिगो योजनाको प्रतिफल हो भन्ने मलाई लाग्छ ।’ आफ्नो नाम आउनु आफुहरुको लागि मात्र नभएर नेपालका लागि समेत राम्रो भएको उनले प्रतिक्रिया दिए । ‘यसले मलाई नेपालमा लगानी गर्न र थप काम गर्न प्रोत्साहन दिएको छ ।’ उनले ब्यवसायमा इमान्दार र उद्यमशिल भएर लागेको खण्डमा सफलता पाइने अनुभव सुनाए ।
    सन १९९० मा बिद्यार्थी भिषामा अष्ट्रेलिया आएका घलेले शुरुका समयमा सामान्य बिद्यार्थी सरह नै काम गरेका थिए । आफ्नो मेहनतले यहाँसम्म आइपुगेका घलेको रियल स्टेट, मेलबर्न इन्ष्टिच्युट अफ टेक्नोलोजी लगायतका ब्यवसायिक क्षेत्रमा लगानी रहेको छ । उनको मेलबर्नमा रहेको उक्त इन्ष्टिच्युटमा मात्र करिब ३ हजार बिद्यार्थी अध्ययनरत छन् । हालका एनआरएन अध्यक्ष समेत रहेका घले करिब १ महिनासम्म नेपालमा रहेर भुकम्पपीडितहरुका लागि राहत वितरणमा समेत सक्रियतापुर्वका लागेका थिए ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: शेष घले अष्ट्रेलियाका ९९ औं धनी Rating: 5 Reviewed By: Unknown
    Scroll to Top