कास्की, जेष्ठ २० -
चर्को गर्मी महसुस भइरहेको थियो। कृत्रिम पानीको छहराले वातावरणलाई चिसो बनाइरहेको बेला एक जोडी कुममा–कुम मिलाउँदै नृत्य गर्ने तम्सिए। जोडी थिए नवनायक अनमोल केसी र नायिका साम्राज्यलक्ष्मी शाह। पहिलोपटक अभिनेता भुवन केसीले निर्देशन गर्दै गरेको फिल्म ‘ड्रिम्स’ को सुटिङका क्रममा मंगलबार फूलबारी रिसोर्टमा यी जोडीलाई नृत्य निर्देशक कविराज गहतराजले पोज सिकाउँदै थिए।
चर्को गर्मीले सुटिङको तारतम्य मिलाउनसमेत युनिटलाई हम्मे परिहेका थियो। नायिका शाह फिल्मका लागि नयाँ अनुहार हुन्। मोडलिङ अनुभव बटुलेकी उनलाई फिल्मको कथा मन परेपछि अभिनयमा लागेको बताइन्। ‘निकै कडा मिहिनेत गर्नुपरेको छ, तर पनि अभिनयमा मज्जा आइरहेको छ,’ उनले भनिन्, ‘अभिनय पहिलो भए पनि सबैको सहयोग पाइरहेकी छु।’
उनले फिल्ममा अरूलाई नराम्रो नभन्ने एउटी साधारण केटीको भूमिका आफूले निर्वाह गर्दै गरेको बताइन्। अनमोलको जोडीको रूपमा देखिएकी उनले यो चलचित्रपछि कथा हेरेर राम्रो फिल्ममा अभिनय गर्ने बताइन्। ‘अनमोल फिल्ममा लभर ब्वाई, बिजनेस मेन र लडाकुको चरित्रमा छन्। फूलबारी रिसोर्टको मालिक भएर खेलेका उनले भने, ‘ड्याडीको ड्रिम प्रोजेक्ट भएकाले फिल्म सक्दो राम्रो बनाउन अभिनयलाई बलियो बनाउने कोसिस गरेको छु।’
पिता भुवनले पनि उनको ड्ेरसअपदेखि सबै कुरा मिहीन ढंगले हेरिरहेकोले पनि पारिवारिक फिल्ममा काम गर्न झनै सजिलो भइरहेको बताए। ‘होस्टल’ बाट डेब्यु गरेका उनले ‘जेरी’ पछि होम प्रोडक्सनको यो तेस्रो फिल्ममा अभिनय गरेका हुन्। अझै साता दिन युनिट पोखराको सेरोफेरोमा रहेर सुटिङ गर्ने भएको छ। उता अभिनेता केसी पनि एक्सन–कटको तारतम्य मिलाउन असिनपसिन देखिन्थे। साता दिनदेखि पोखराका दृश्यहरू फिल्म कैद गराउन उनी दौडधुप गरिरहेका छन्।
फिल्मको नाम नै ‘ड्रिम्स’ अनि निर्देशकीय क्षमता देखाउने पनि उनको ड्रिम्स रहेको छ। ‘एक दुई वर्षअघिदेखि नै फिल्म निर्देशन गर्ने सोच बनाइरहेको थिएँ,’ सुटिङमा व्यस्त अभिनेता केसीले भने, ‘बल्ल अहिले त्यसलाई पूर्णता दिने सुरसारमा जुटँे।’ सुटिङमा प्राय: पोखरा आइरहने उनले पोखरा फिल्मका लागि प्राकृतिक स्टुडियो भएकाले पनि आफूले आफ्नो फिल्म सुटिङका लागि यो छुट्याउन नसकेको बताए। ‘यो एउटा प्रेमकथा बोकेको फिल्म हो, भल्गर छैन,’ उनले भने, ‘सपरिवार बसेर आनन्दसँग हेर्न मिल्ने फिल्म बनाउँदै छांै।’ यसअघि काजोल फिल्मस्को ब्यानरमा उनले ‘सपना’, ‘करोडपति’, ‘नेपाली बाबु’, ‘सुपरस्टार’, ‘म तिमीबिना मरिहाल्छु’ लगायतका फिल्म निर्माण गरेका थिए।
महाभूकम्प आउँदा फिल्मको उपल्लो मुस्ताङमा भइरहेको रहेछ। ‘लगत्तै फिल्मको सुटिङ स्थगित गरेर राहत बाँड्न हिँड्यांै,’ उनले सुनाए। साता दिनदेखि पुरानै अवस्थामा सबै नागरिक काममा फर्कनुपर्छ भनेर सुटिङलाई सुचारु गरेको उनले बताए।
0 comments:
Post a Comment