728x90 AdSpace

  • Latest News

    Tuesday, June 2, 2015

    ९९ विदेशी सैनिक फर्किन बाँकी


    heli
    काठमाडौ, जेष्ठ २० - भूकम्पपछि खोज तथा उद्धारका लागि आएका १८ मित्रराष्ट्रका सैनिकमध्ये भारत र क्यानाडाका गरी ९९ जना फर्कन बाँकी छ । सरकारले जेठ दोस्रो सातासम्म सबै विदेशी सैनिकलाई धन्यवादसहित फर्किन आग्रह गरे पनि प्राविधिक कारणले केही सैनिक र्फकन ढिलाइ भएको सेनाले जनाएको छ ।
    सैनिक प्रवक्ता सहायकरथी जगदीशचन्द्र पोखरेलका अनुसार भूकम्पपछि विभिन्न १८ देशका ४ हजार ३ सय १६ विदेशी सैनिक आफ्नै पोशाकमा नेपालमा खटिएका थिए । त्यसमध्ये ४ हजार २ सय १७ जना फर्किसकेका छन् । १८ मध्ये १६ मुलुकका सैनिक पूर्णरुपमा फर्किसकेका छन् भने भारतका ६९ र क्यानडाका ३० सैनिक र्फकन बाँकी छ ।
    'उनीहरु पनि एक/दुई दिनभित्रै र्फकनेछन्,' पोखरेलले भने, 'सरसामान तथा अन्य व्यवस्था मिलाउनेजस्ता प्राविधिक कारणले उनीहरू यहाँ छन् ।' भारतीय वायुसेनाको ३/३ वटा एमआई-१७ र अल्ट्रा लाइट हेलिकप्टर (एएलएच) गरी ६ हेलिकप्टर पनि र्फकन बाँकी छ । भारतीय वायुसेनाका ८ एमआई-१७ र ५ एएलएच गरी १३ हेलिकप्टर खोज, उद्धार र राहतका लागि आएका थिए ।  
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: ९९ विदेशी सैनिक फर्किन बाँकी Rating: 5 Reviewed By: Unknown
    Scroll to Top