एकाएक हुने महत्त्वपूर्ण क्रमभंगको परिणति पनि ठूलो हुन्छ । सन् २००७ मा इन्टरनेट र मोबाइल फोन एकठाउँमा आइपुगे र स्मार्टफोन नामको एकदमै नयाँ किसिमको उत्पादन अगाडि आयो । आइओएस र एन्ड्रोइडजस्ता अपरेटिङ प्रणालीजडित यी फोनमा विभिन्न एप्लिकेसन चल्ने भए । स्मार्टफोनमा सन्देश (म्यासेज) पठाउने तरिकाको विकास कुनै ठूलो टेलिकम वा इन्टरनेट कम्पनीले गरेको होइन । बरु, भर्खरै स्थापना भएको कम्पनी ह्वाट्सएपले गरेको हो । आज ह्वाट्सएपबाट हरेक दिन ३० अर्ब सन्देश आवतजावत हुन्छन् । जबकि संसारका सम्पूर्ण टेलिकम कम्पनीमार्फत प्रतिदिन प्रवाहित हुने कुल एसएमएस संख्या २० अर्ब मात्रै छ । क्रमभंगताको तागत यस्तो हुन्छ ! यस्तो ‘ह्वाट्सएप पल’ अब भारतीय बैंकिङमा आएको छ । यो क्रमभंगता धेरै कुरा एकठाउँमा आएर साकार भएको छ । भारतमा स्मार्टफोनको प्रयोग बढिरहेको छ र सन् २०२० सम्ममा यसको संख्या ७० करोड पुग्ने आस गरिएको छ । हालसम्म भारतका करिब १ अर्ब बासिन्दासँग अनलाइन बायोमेट्रिक पहिचानपत्र वा आधारकार्ड छ । जनधन योजनामार्फत सरकारले प्रवद्र्धन गरेको वित्तीय समावेशिताका कारण २० करोडभन्दा बढी नयाँ बैंक खाता खुल्न पुगेका छन् । आरबिआईले साना बैंक र भुक्तानी बैंकलगायत २० वटा नयाँ बैंकलाई लाइसेन्स दिएबाट यो क्षेत्रमा प्रतिस्पर्धात्मक सघनता बढ्ने भएको छ । हरेक बालिग भारतीयको स्वामित्वमा एउटा आधारकार्ड नम्बर, एउटा स्मार्टफोन र एउटा बैंक खाता हुँदाको भविष्य कस्तो होला अनुमान गरौा । अहिलेसम्म २८ करोडभन्दा बढी भारतीय बासिन्दासँग आधारकार्डसँग जोडिएको बैंक खाता छ । करिब १० लाख प्रत्यक्ष लाभ हस्तान्तरण (डाइरेक्ट विनिफिट ट्रान्सफर – डिबिटी) कारोबार भइसकेका छन् जसको मूल्य दसौा लाख डलर बराबर छ । गएका सात वर्षमा शक्तिशाली खुला र ‘प्रोग्रामेबल’ क्षमताको सिर्जना गरिएको छ । थिंकट्यांक इस्पिर्टले सामूहिक रूपमा यसलाई ‘इन्डिया स्ट्याक’ नाम दिएको छ । आधारकार्डले औालाको निशाना वा आँखाको आइरिसको जाँचबाट जहाँकहीाबाट अनलाइन आधिकारिता पुष्टि गर्ने सुविधा उपलब्ध गराएको छ । यसले प्रत्यक्ष भौतिक उपस्थितिविना नै कारोबार सम्भव तुल्याउँछ । आधारमा रहेको इ–केवाइसी वा ‘आफ्नो ग्राहकलाई चिन्नुहोस्’ भन्ने सेवाले तुरुन्तै बैंक खाता खोल्न सघाउँछ । यसका लागि आधार नम्बर र बायोमेट्रिक प्रयोग गरे मात्रै पुग्छ । ई–साइन सुविधाले अनलाइन कागजपत्रमा विद्युतीय हस्ताक्षर गर्न सक्षम तुल्याउँछ । ‘विद्युतीय लकर’ प्रणालीले विद्युतीय कागजपत्रलाई सुरक्षित र गोप्य रूपमा भण्डारण गर्न सम्भव बनाउँछ । यो सबैले सम्पूर्ण बैंकिङ प्रक्रियालाई कागजरहित तुल्याउन सक्छ । ‘इन्डिया स्ट्याक’का अन्तिमका दुई तहको बैंकिङको भविष्यका लागि ठूलो सान्दर्भिकता छ । भारतको राष्ट्रिय भुक्तानी निगम–एनपिसिआई)ले स्थापना गरेको एकीकृत भुक्तानी ‘इन्टरफेस’ (युपिआई) नामको उत्पादनले भुक्तानीमा क्रान्ति नै ल्याउनेछ र ‘नगदविना’को अर्थतन्त्र स्थापनातर्फको कदमलाई तीव्र तुल्याउँछ । एनपिसिआई सन् २००९ मा स्थापना भएको सम्पूर्ण बैंकको स्वामित्वमा रहेको नाफारहित कम्पनी हो । त्यसपछि स्मार्टफोनबाट पैसा ‘धकेल्नु’ र ‘तान्नु’ इमेल पठाउनु र पाउनुजस्तै सजिलो हुनेछ । एनपिसिआईको उक्त उत्पादन विभिन्न प्रकारका भुक्तानी प्रणालीमध्ये एक हो । राष्ट्रिय वित्तीय स्विच, ‘नेसनल अटोमेटिड क्लियरिङ हाउस’, रुपे कार्ड र आधार भुक्तानी पुल, अधार प्रवर्धित भुक्तानी प्रणाली र आइएमपिएस अन्य भुक्तानी प्रणाली हुन् । आधार–प्रवद्र्धित बायोमेट्रिक स्मार्टफोनले ‘नगदरहित’ अर्थतन्त्रतर्फको कदमलाई तीव्र पार्नेछ । बैंकिङमा आधिकारिकता जाँच अब ‘स्वामित्व’ विधि (डेभिड कार्ड र पिन)बाट ‘खुला’ विधि (मोबाइल फोन र आधारबाट प्रमाणिकता)तर्फ सर्नेछ । यसरी आज एप्पलजस्ता ठूला कम्पनीमा मात्र उपलब्ध एक क्लिक, दुई तत्त्वबाट हुने प्रमाणिकता अब ग्यारेजमा काम गर्ने केटाकेटीका लागि पनि विभिन्न नवीकरणीय समाधानको विकास गर्न उपलब्ध हुनेछ । अन्त्यमा, आउने दुई–तीन वर्षमा भारत आँकडाको अभाव भएको अर्थतन्त्रबाट आँकडाको धनी अर्थतन्त्रको दिशामा लम्कादै छ । त्यतिवेला ‘इन्डिया स्ट्याक’को विद्युतीय सम्मति तहको उपयोग गर्न सकिनेछ, जहाँ उपभोक्ता र व्यवसायीले आफ्नोबारे खडा गरिएको आँकडाको सहयोगबाट छिटो, सजिलो र धान्नसक्ने ऋण प्राप्त गर्न सक्नेछन् । यस्तो विद्युतीय ‘फुटप्रिन्ट’ले अनौपचारिक क्षेत्रमा रहेका दसौ लाख उपभोक्ता र साना व्यवसायलाई औपचारिक अर्थतन्त्रमा जोडिएर धान्न सक्ने र भरपर्दो ऋण लिन सघाउनेछ । तथ्यांक नयाँ मुद्रा बन्छ । अनि वित्तीय संस्थाले आफ्ना ग्राहकबारे यथेष्ट विद्युतीय सूचना प्राप्त गर्ने भएपछि कारोबार शुल्क लिने छैनन् । ती शुल्कको उन्मूलनले नगदरहित अर्थतन्त्रतर्फको यात्रालाई तीव्र बनाउनेछ । किनकि त्यतिवेला व्यपारिक भुक्तानी पनि विद्युतीय हुनेछ । यसले बैंकिङमा व्यावसायिक मोडेललाई सानो पैमाना, उच्च मूल्य, उच्च लागत र उच्च शुल्कबाट उच्च पैमाना, न्यून मूल्य र नि:शुल्कतर्फ स्थानान्तरण गराउनेछ । यसले पहुँच र सामथ्र्यमा नाटकीय वृद्धि ल्याउनेछ । ग्राहक आर्जनको बाजारु शक्ति र आमसमावेशिताको सामाजिक उद्देश्यलाई एकठाउँमा ल्याउनेछ । प्रविधि, नियमन र सरकारी कदमले ल्याएका यी क्रमभंगता र नवीकरणले बैंकिङ उद्योगलाई आधारभूत रूपमै बदल्नेछन् । स्थानान्तरण लागत घट्न जाँदा र निर्भरतामा चुनौती पैदा हुँदा भुक्तानी, दायित्व र सम्पत्तिको नाटकीय रूपान्तरण हुनेछ । जस्तो कि क्रेडिट–स्विसको रिपोर्टमा साह्रै राम्ररी व्याख्या गरिएको छ, आउने १० वर्षका लागि ६ सय अर्ब डलरको बजार पुँजीकरण अवसर पर्खाइमा छ । यो विद्यमान सार्वजनिक र निजी बैंक, नयाँ बैंक र नयाँ युगका एनबिएफसीको बीचमा बाँडिनेछ । यो गैरबैंकिङ प्लेटफर्मका खेलाडीका लागि पनि उपलब्ध हुनेछ । उनीहरूले तथ्यांकको शक्तिलाई ऋण र मूल्यसम्बन्धी जोखिमलाई परिष्करण गर्न प्रयोग गर्नेछन् । यसबाट खास रूपमा बजारको ७० प्रतिशत अंशियारी कब्जा गरेका अर्थतन्त्रका ‘कमान्डिङ हाइट’ सार्वजनिक क्षेत्रका बैंकलाई चुनौती आइलाग्नेछ । घाटाको उत्तरदायित्व बहन झेल्नेक्रममा उनीहरूले एकदमै धेरै विद्युतीय क्रमभंगताको सामना गर्नुपर्नेछ र त्यसमा पारगंत हुनुपर्नेछ । सरकारले उनीहरूलाई प्रयोग एवं नवीकरणका लागि स्वाधीनता र स्वतन्त्रता दिनुपर्नेछ । सेक्सपियरलाई उद्धृत गर्नुपर्दा, ‘मानवीय मामिलामा ज्वारभाटा आउँछन् । त्यसको प्रवाहसँगै जानसक्दा भाग्यलाई चुमिन्छ ।’ यहाँ ६ सय अर्ब डलरको अवसर छ । ह्वाट्सएप क्रान्तिबारे बहालवालालाई सुरुमा मेसै भएन । फोकाजस्तै क्रमभंगतापूर्ण परिवर्तनबारे पछि मात्रै चाल पाइन्छ । अहिले भने परिवर्तनका शक्ति सुस्पष्ट छन् र तिनबारे पूर्वानुमान लगाउन सकिन्छ । बैंकिङ क्षेत्रमा नयाँ अवसर आइसकेको छ । यो अवसर सार्वजनिक र निजी दुवै क्षेत्रका बहालवालाको उत्तिकै पहुँचमा छ । नयाँ बैंक, एनबिएफसी र प्रविधि कम्पनीलाई पनि उत्तिकै पहुँच छ । भविष्य तिनीहरूको हुनेछ जसले परिवर्तनलाई आगाल्ने गति, काल्पनिकता र साहस प्रदर्शन गर्नेछन् । (इन्डियन एक्सप्रेस डट कमबाट)
0 comments:
Post a Comment