काठमाडौं, ११ साउन । पछिल्लो समय नेपाली चलचित्रमा महानायकको पदरीलाई लिएर नायक राजेश हमाल र भुवन केसीविच द्धन्द्ध भएको खबर बाहिरिएको छ । महानायकको रुपमा नेपाली दर्शकले राजेश हमाललाई चिनेका छन् । हुन पनि हमाल नेपाली सिने नगरीमा एउटा जबरजस्त स्थापित नाम हो । तर उनलाई टक्कर दिने अर्को नाम हो, भुवन केसी । यी दुई नायकवीच अहिले को महानायक भन्ने विषयमा द्धन्द्ध रहेको खबर सनसनी भएको छ ।
पछिल्लो समय नायक केसीले आफूलाई महानायकको रुपमा दाबी गरेपछि अर्का महानायक हमालले चलचित्रकर्मीहरुको झमघटमा खुलेरै को महानायक हो त्यसको लागि जनमतसंग्रह नै गरौं न त भनेपछि झनै विवाद चुलिएको स्रोतको दाबी छ ।
केही पहिले पत्रकार ऋषि धमलाको हिमालय टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘धमलाको हमलामा’ नायक केसीले भने,‘‘पछिल्लो समय महानायक को भनेर तपाईले नेपाली दर्शकलाई सोध्नुहुन्छ भने तपाईले जवाफ पाउनुहुनेछ, भुवन केसी भनेर ।’’ नायक केसीले नेपाली चलचित्रमा आफ्नो तुलनामा अरु कुनै नायकले योगदान नदिएको समेत दाबी गरे ।
नायकद्धय हमाल र केसीवीच को महानायक हो भन्ने विषयमा यसअघि पनि विभिन्न टिकाटिप्पणी बाहिरिएका थियो । यी दुई नायकवीचको टकराव अहिले भुवन पुत्र अनमोलसम्म आईपुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले फान अवार्ड सम्पन्नको अवसरमा कलाकारलाई दिएको दिवाभोजमा समेत भुवन पुत्र अनमोल केसीले राजेश हमालको महानायकको पदरी आफूले छिट्टै खोस्ने भन्दै ठट्टा गरेको प्रसँग बाहिरिएको थियो ।
0 comments:
Post a Comment