728x90 AdSpace

  • Latest News

    Monday, July 25, 2016

    ओलीले राजीनामा दिएपछि उत्पन्न राजनीतिक परिस्थितीबारे बोल्यो नेपाली सेना

    काठमाडौं, १० साउन । नेपाली सेनाले पछिल्लो राजनीतिक परिस्थिती र सुरक्षा स्थितीलाई सुक्ष्म ढंगबाट नियालिरहेको जनाएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएको एक दिनपछि सोमबार सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले विद्यमान राजनीतिक एवं सुरक्षा स्थितिलाई सुक्ष्म ढंगबाट नियालिरहेको बताएका हुन् ।

    विज्ञप्तिमा भनिएको छ– ‘प्रधानसेनापति क्षत्रीले नेपाली सेना नेपालको समष्टिगत राष्ट्रिय हितको सुरक्षाको लागि प्रतिबद्ध रहेको तथा विद्यमान राजनीतिक एवं सुरक्षा स्थितिलाई समेत सुक्ष्म ढंगबाट नियालिरहेको र कुनै पनि गतिविधिबाट राष्ट्रिय सुरक्षामा गम्भिर खतरा उत्पन्न भएमा त्यसलाई सशक्त ढंगबाट सामना गर्नु नेपाली सेनाको दायित्व रहेको बताउनु भएको छ ।’

    सैनिक मुख्यालय जंगी अड्डामा आयोजित एक कार्यक्रमका दौरान प्रधानसेनापति क्षत्रीले राजनीतिक अवस्था र सुरक्षा स्थितीबारे बोलेको सैनिक प्रवक्ता ताराबहादुर कार्कीद्धारा विज्ञप्तिमा उल्लेख छ ।

    विज्ञप्तिमा अगाडि भनिएको छ– ‘प्रधानसेनापति क्षत्रीले नेपाली सेना नेपालको संविधान अनुरुप आफ्नो जिम्मेवारी र दायित्व पूरा गर्न सदा कटिबद्ध रहेको समेत बताउनु भएको छ । साथै नेपाली सेनाले विपद् व्यवस्थापन, पर्यावरण सुरक्षा, राष्ट्रिय विकासको क्षेत्र तथा अन्तर्राष्ट्रिय शान्ति स्थिरताको क्षेत्रमा छुट्टै पहिचानका साथ दृढतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको जानकारी गराउनु भएको छ ।’

    Dainiknepal.com
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: ओलीले राजीनामा दिएपछि उत्पन्न राजनीतिक परिस्थितीबारे बोल्यो नेपाली सेना Rating: 5 Reviewed By: Unknown
    Scroll to Top