728x90 AdSpace

  • Latest News

    Monday, July 25, 2016

    काठमाण्डुबाट दिल्लीमा पुग्यो यस्तो खतरनाक रिपोर्ट, बिहार सक्ने तयारी भैरहेको खुलासा !

    एजेन्सी– नेपाल–भारत सीमा नजिक रहेको सप्तकोसीस्थित कोसी ब्यारेजलाई ध्वस्त पार्ने योजना निर्माण भैरहेको खुलासा भएको छ ।

    नेपाल–भारत सम्बन्ध विगाउर्ने उद्धेश्यबाट निर्देशित एक आतंककारी संगठनले सो योजना बनाइरहेको भन्दै भारतीय मिडियाहरुले समाचार लेखेका हुन् ।

    india

    कोसी ब्यारेजलाई ध्वस्त पारिदिन सकिए भारतको बिहारमा ठूलो जनधनको क्षति हुनसक्छ । यसलाई ध्वस्त पार्ने योजना भैरहेको रिपोर्ट नेपालस्थित गुप्तचर संस्थाहरुले भारतीय गृहमन्त्रालयमा पठाएको भारतीय न्युज २४ ले समाचार लेखेको छ ।

    भारतीय गृहमन्त्रालयमा सो रिपोर्ट पुगेपछि कोसी ब्यारेजको सुरक्षा सतर्कतामा भारतीय सीमा सुरक्षा बल एसएसबी र नेपाली सेनाले गस्ती बढाएको बताइएको छ ।
    यदि,कोसी ब्यारेजलाई नोक्सान पु¥याइएमा भारतको बिहार प्रदेशस्थि सीमाञ्चलका ६ जिल्ला पूरै डुवानमा पर्नेछन् भने नेपालतर्फ पनि ठूलो क्षति हुनसक्ने भन्दै समाचार लेखिएको छ ।


    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: काठमाण्डुबाट दिल्लीमा पुग्यो यस्तो खतरनाक रिपोर्ट, बिहार सक्ने तयारी भैरहेको खुलासा ! Rating: 5 Reviewed By: Unknown
    Scroll to Top