साउन १० – जर्मनीको एन्सबाखमा बिस्फोट भएको छ । नुरेमबर्ग नजिकको बजार एन्सबाखमा भएको बिस्फोटमा परि आक्रमणकारी मारिएको र अन्य १२ जना घाइते भएको जर्मन प्रहरीले बताएको छ । बिस्फोटका लागि तयारी गरिहेको व्यक्ति नै मारिएको प्रारम्भीक अनुसन्धाबाट खुलेको प्रहरीले जनाएको छ । बिस्फोटपछि एन्सबाखमा भइरहेको एक सांगीतिक कार्यक्रमका लागि जम्मा भएका दुई हजार जनालाई सुरक्षित स्थानमा सारिएको छ ।
बिस्फोटको उद्देश्य अहिलेसम्म नखुलेको समाचार संस्था रोयटर्सले जनाएको छ । यसअघि म्युनिखमा भएको अन्धाधुन्ध गोली काण्डमा ९ जनाको जनाको ज्यान गएको थियो ।
Ujyaalo90 network बाट
0 comments:
Post a Comment