अर्को मन्त्रिपरिषद गठन नहुञ्जेलसम्म सरकार कामचलाउ
काठमाडौं सावन ९, २०७३ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष दिएको राजीनामा स्वीकृत भएको छ। संविधानको धारा २९८ उपधारा ८ को खण्ड क बमोजिम ओलीले दिएको लिखित राजीनामा राष्ट्रपतिले स्वीकृत गरेकी हुन्।
संविधानको धारा १९८ को उपधारा १० बमोजिम अर्को मन्त्रिपरिषद गठन नहुञ्जेलसम्मका यही मन्त्रिपरिषदले कार्य सञ्चालन गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ।
मन्त्रिपरिषदले आफ्नो कार्यकालमा सम्पादन गरेका कार्यहरुका लागि प्रधानमन्त्री तथा मन्त्रीहरुलाई राष्ट्रपतिले धन्यावद दिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
राष्ट्रपति कार्यालयबाट जारी गरेको विज्ञप्ति
२०७३ श्रावण ९ गते आइतबार
आज मिति २०७३ साल श्रावण ९ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीज्यूले आजैका मितिदेखि लागू हुने गरी नेपालको संविधानको धारा २९८ को उपधारा (८) को खण्ड (क) बमोजिम प्रधानमन्त्री पदबाट लिखित राजीनामा दिनु भएकोले सोही धाराको उपधारा (१०) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गरिरहने र वर्तमान मन्त्रिपरिषद्द्वारा आफ्नो कार्यकालमा सम्पादन गरिएका कार्यप्रति सम्माननीय राष्ट्रपतिज्यूद्वारा सम्माननीय प्रधानमन्त्री एवं मन्त्रिपरिषद्का सदस्यहरुलाई धन्यवाद समेत व्यक्त गर्नुभएको छ ।kantipath
0 comments:
Post a Comment