728x90 AdSpace

  • Latest News

    Saturday, July 16, 2016

    ‘प्रचण्डले राती सुतेका बेला छुरा हान्ने काम गरे, एमालेले संसद् विघटन नगर्ने’

    काठमाडौं, १ साउन । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले कांग्रेस–माओवादी गठबन्धन नाटकीय, रहस्यपूर्ण र संविधान कार्यान्वयनलाई दूरगामी प्रभाव पार्ने षडयन्त्र भएको बताएका छन् ।
    शनिबार प्रेस चौतारी नेपाल केन्द्रीय कमिटीले आयोजना गरेको नियमित अन्तरसम्वाद कार्यक्रममा बोल्दै नेता ज्ञवालीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले–माओवादीबीचको गठबन्धन तोडेर राती सुतेका बेला छुरा हान्ने काम गरेको समेत आरोप लगाए ।
    तत्कालीन समयमा मनमोहन अधिकारीको लोकप्रिय सरकार हुँदा पनि कांग्रेसले नै सरकार ढालेको स्मरण गर्दै उनले भने– ‘पात्र र परिवेश फेरिए पनि घटना ०५१ सालको जस्तै हो,’ उनले भने, ‘त्यति बेला नेकपा (एमाले) नेतृत्वको सरकारले लोकप्रिय बजेट ल्याएपछि कांग्रेसले आठ हजार फिट माथि उडेको हेलिकोप्टरबाट खसेका तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीलाई राम्ररी आरम समेत गर्न नदिई कांग्रेसले सरकार ढाल्ने खेल खेलेको थियो । अहिले पनि त्यसैको श्रृंखला हो ।’
    नेता ज्ञवालीले प्रधानमन्त्रीसँग संसद् विघटन गर्ने अधिकार सुरक्षित रहे पनि त्यो काम नगर्ने स्पष्ट पारे । ‘अहिले एमाले संसद् विघटन गर्ने खेलमा लागेको छ भनेर हल्ला गरिएको छ,’ उनले भने, ‘म त्यो हल्ला गर्ने साथीहरुलाई भन्न चाहन्छु, त्यो अघिकार प्रधानमन्त्रीसँग छ । तर, एमाले संसद् विघटन गरेर जनप्रतिनिधि विहीनताको अवस्था आउन दिने पक्षमा छैन ।’
    कांग्रेस-माओवादी विगतमा त्यो खेलमा लागेकाले त्यहि झल्को आएकाले शंका गरेको उनको आरोप थियो ।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: ‘प्रचण्डले राती सुतेका बेला छुरा हान्ने काम गरे, एमालेले संसद् विघटन नगर्ने’ Rating: 5 Reviewed By: Unknown
    Scroll to Top