728x90 AdSpace

  • Latest News

    Tuesday, July 26, 2016

    नेपालमा चीनको चासो भारत होइन, पश्चिमा शक्ति हुन्: दाहाल

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालमा चीनको चासो भारत नभई पश्चिमा राष्ट्रहरु भएको बताएका छन्। भारतको हिन्दुस्तान टाइम्सलाई अन्तर्वार्ता दिँदै दाहालले उक्त कुरा बताएका हुन। ‘यहाँ चीनको मुख्य चासो भनेको भारतको होइन, पश्चिमा शक्तिहरु हुन्,’ उनले हिन्दुस्तान टाइम्सका प्रशान्त झालाई दिएको अन्तर्वार्तामा भनेका छन्।     

    उनका अनुसार चीनले नेपाललाई भारतको विरुद्धमा जाओस् भन्ने चाहँदैन। ‘मैले १० वर्षदेखि उच्च चिनियाँ अधिकारीसँग कुरा गर्दै आएको छु र हाम्रो भारतसँग राम्रो सम्बन्ध हुनुपर्छ भनेर संधै भन्दै आएका छन,’ उनले भनेका छन् l अन्तर्वार्तामा उनले गत वैशाखमा केपी ओली नेतृत्वको सरकार टिक्नमा चिनियाँ दबाब भन्ने कुरा पनि खण्डन गरेका छन। ‘चिनियाँ चाहना भनेको वाम एकता हो। तर त्यहाँ कुनै उल्लेख्य दबाब थिएनl’

    नेपाल र भारत दुवै पक्षबाट द्विपक्षीय सम्बन्धका क्रममा गल्ती भएको उनको विचार छ l ‘भारतीय संस्थापनलले आफ्नो रेकर्ड बारे सोच्ला। तर नेपाल पक्षबाट म भन्छु कि हामीलाई सन्तुलनको जरुरी छ।’ उनले संविधान निर्माणको अन्तिम चरणमा भारतले सम्पूर्ण प्रक्रिया रोक्न भनेको बताउँदै भारतले त्यो स्तरको माइक्रोम्यानेजमेन्ट नेपालमा गर्न नहुने तर्क गरेका छन।

    ‘जब भारतले प्रक्रिया रोक्न भन्यो, त्यो सम्भव थिएन। सभासदहरुले संविधानमा हस्ताक्षर गरिसकेका थिए,’ उनले भनेका छन, ‘त्यो स्तरको माइक्रोम्यानेजमेन्टमा सहभागी नहुँदा भारतलाई राम्रो हुन्छ।’  नाकाबन्दीका लागि प्रचण्डले भारतको आलोचना गरेको हिन्दुस्तान टाइम्सले बाताएको छ। तर उनी उक्त मुद्धालाई लिएर लामोसमय सम्म ‘सामन्ती र सङ्किर्ण राष्ट्रवाद’ प्रवर्द्धन गर्न र तिक्तता लम्ब्याउने पक्षमा थिएनन्। 

    उनले भारतसँग नेपालको विकासका निम्ति सहयोगको अपेक्षा गर्ने बताएका छन्।  तर भारतले ‘आयोजना लिने र काम नगर्ने’ मानिसहरुको बुझाइरहेको कुरामा जोड दिए।  पहिलो पटक प्रधानमन्त्री पदमा निर्वाचित हुँदा आफूसँग अनुभव नभएको उनले बताएका छन्। युद्धको प्रकृति र नियम बुझ्न दश वर्ष लागेको बताउँदै अर्को दश वर्ष खुला राजनीतिमा बिताएकाले प्रतिष्पर्धी प्रजातन्त्र बारे पनि आफूले अब बुझेको उनको भनाइ छ l

    सेतो पाटीमा खबर छ 

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: नेपालमा चीनको चासो भारत होइन, पश्चिमा शक्ति हुन्: दाहाल Rating: 5 Reviewed By: Unknown
    Scroll to Top