728x90 AdSpace

  • Latest News

    Sunday, July 24, 2016

    चितवनमा औषधि बोकेको ट्रकमा आगजनी : स्कटिङमा गाडी सञ्चालन

    चितवनको रत्ननगरमा आज बिहानै औषधि बोकेको ट्रकमा आगजनी गरिएको छ । बिहान करिब १ बजेर ३० मिनेटको समयमा रत्ननगरको निपनी चोकमा अज्ञात समूहले ट्रक जलाएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ट्रकको अगाडिको भाग जलेको र केही औषधिमा समेत क्षति पुगेको छ ।


    चितवनका प्रहरी उपरीक्षक वसन्त कुँवरका अनुसार वीरगन्जबाट काठमाडाँै औषधि लिएर जाँदै गरेको ना५ख ७४३२ नम्बरको ट्रकमा आगजनी भएको हो । आगजनी गर्ने समूहको पहिचान नभए पनि आज विप्लव नेतृत्वको माओवादीले बन्दको हल्ला फैलाएकाले उनीहरुले नै जलाएको अनुमान प्रहरीले गरेको छ ।

    घटनाको अनुसन्धान भइरहेको र आगजनी गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ । समयमै प्रहरी पुगेकाले धेरै क्षति हुन पाएन । यसैबीच बन्दको हल्लासँगै आज जिल्लामा प्रहरीले बिहानैदेखि स्कटिङमा यातायात सञ्चालन गरेको छ । चितवन आउने र चितवनबाट जाने सवारीलाई बिहानैदेखि स्कटिङ गरेर गन्तव्यतर्फ पठाइएको प्रहरी उपरीक्षक कुँवरले जानकारी दिनुभयो ।




    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: चितवनमा औषधि बोकेको ट्रकमा आगजनी : स्कटिङमा गाडी सञ्चालन Rating: 5 Reviewed By: Unknown
    Scroll to Top