728x90 AdSpace

  • Latest News

    Sunday, July 24, 2016

    आजको राशिफल – मिति वि.सं. २०७३ साल साउन १० गते सोमबार तदानुसार इश्वी सन् २०१६ जुलाई २५ तारिख

    आजको राशिफल – मिति वि.सं. २०७३ साल साउन १० गते सोमबार तदानुसार इश्वी सन् २०१६ जुलाई २५ तारिख
    उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    समयमा होसियार बन्न नसक्दा काम बिग्रने र खर्च बढ्ने देखिन्छ। मेहनतअनुसार फाइदा कमै होला। प्रयत्न गर्दागर्दै पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। अरूले फसाउन सक्छन्। परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुन सक्छ।

    बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। भौतिक साधनसमेत जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। साझेदारीमा पनि राम्रो फाइदा हुनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। आम्दानी तथा आयआर्जनका स्रोत बढ्ने समय छ। व्यापारमा मनग्य फाइदा हुनेछ भने आँटेका काम तत्काल सम्पादन हुनेछन्। मेहनतले जीवनशैलीमा परिवर्तन आउनेछ।
    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
    मेहनतले प्रतिष्ठित काम गर्ने अवसर दिलाउन सक्छ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ। व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। मान-सम्मान तथा पुरस्कार प्राप्त हुनेछ। प्रशंसकहरू बढ्नेछन् भने कीर्तिमानी काम गर्ने समय छ।

    कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    अरूको सहयोगमा जुटे पनि आफैंलाई फाइदा हुनेछ। मेहनतले राम्रै उपलब्धि दिलाउनेछ। रोकिएका काम समेत सम्पादन हुनेछन्। कर्मयोगले विशेष जिम्मेवारी दिलाउन सक्छ। धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ। सानो प्रयत्नले धेरैको भलाइ हुने काम शुभारम्भ हुन सक्छ। तारिफयोग्य कामले प्रतिष्ठित स्थान दिलाउनेछ।

    सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    पहिलेका समस्या दोहोरिनाले उत्साहमा कमी आउला। आँटेका काममा बाधा उत्पन्न हुन सक्छ। स्वास्थ्यमा कमजोरी देखापर्नुका साथै उपचारमा खर्च हुने योग छ। महत्वपूर्ण समय घरेलु समस्यामै अल्झनुपर्ला। परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न हुनेछ। लेनदेनको विवादले अप्ठ्यारो पार्न सक्छ। हुलमुलमा धनमाल हराउन सक्छ, सचेत रहनुहोला।

    कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    सोख पूरा हुनुका साथै प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुन सक्छ। दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। व्यवसायका लागि यात्रा सम्भावना छ। सुमधुर दाम्पत्यले प्रफुल्लित भइनेछ। आम्दानी प्रशस्तै बढ्नेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मानका साथ प्रेम र मित्रताको बन्धन कसिनेछ।

    तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
    रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। तपाईंको ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ।

    बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
    अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउन सक्छ। सुखद समाचारले दिन उत्साहपूर्ण रहला। स्वास्थ्य सबल रहनेछ र आँटेको काममा फाइदै हुनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ।

    धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    आफ़्नाले सहयोग नगर्दा काम बिग्रने डरले सताइरहनेछ। मेहनतको फल अरूलाई सुम्पनुपर्ने स्थिति आउन सक्छ। बेसुरमा दिएको वचनले आफैंलाई अप्ठ्यारो पार्नेछ। नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ। पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला।

    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। मेहनतले प्रतिस्पर्धामा जित दिलाउनेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला। व्यापारमा मनग्य धनलाभ हुनेछ। परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ।

    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
    अरूको विषयमा चासो राख्दा व्यर्थैमा वादविवाद हुन सक्छ। अर्थ अभावले काम रोकिने सम्भावना छ। साथीभाइको भावना बुझ्न नसक्दा शुभचिन्तकहरू टाढिन सक्छन्। मानसम्मानमा आघात पुग्न सक्छ। धैर्यसाथ गरिएको व्यवहारले भने फाइदा दिलाउनेछ। बोली-व्यवहारमा सजग रहनुहोला। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। पठन–पाठनमा प्रगति हुनेछ।

    मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    विभिन्न अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। मौकाको फाइदा उठाउन नसकिएला। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ। भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ।

    नेपाली पात्रोबाट साभार । 
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: आजको राशिफल – मिति वि.सं. २०७३ साल साउन १० गते सोमबार तदानुसार इश्वी सन् २०१६ जुलाई २५ तारिख Rating: 5 Reviewed By: Unknown
    Scroll to Top