728x90 AdSpace

  • Latest News

    Tuesday, July 26, 2016

    नरेन्द्र मोदीको कार्यालयमा प्रचण्ड प्रधानमन्त्री नबन्दै यस्तो पत्र तयार (विशेष खुलासा)

    काठमाण्डु, ११ साउन– केपी ओलीले सरकारबाट राजीनामा दिँदा भारतमा खुसीयाली छाएको समाचार आइरहेका बेला अर्को विषय बाहिर आएको छ ।

    भारतीय चर्चित मिडिया हिन्दुस्तान टाइम्सका अनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकारका लागि सहयोग गर्न भारत सरकारका अच्च अधिकारिसँग आग्रह गरेका छन् । समाचारमा भनिएको छ, ‘नयाँ सरकार, विकास कार्य, मधेस समस्या समाधान र भारतसँगको सम्बन्ध सुधारका लागि प्रचण्डले भारतीय उच्च सरकारी अधिकारिसँग सहयोग मागेका छन् ।’
    त्यसका लागि भारत तयार रहेको र प्रधानमन्त्री बन्नुपूर्व नै प्रचण्डका लागि बधाई सन्देश तयार भएको समाचारमा उल्लेख छ । अर्को हप्ता प्रचण्ड प्रधानमन्त्री भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रमणको निम्तो दिने तयारी भएको समेत हिन्दुस्तान टाइम्सले लेखेको छ ।
    भारतीय सरकारको तर्फबाट आधिकारिक रुपमा कुरा गर्दै प्रचण्डलाई यो सुनौलो र अन्तिम अबसर भएकाले आपसी सम्बन्ध सुधारमा उनको भूमिका कस्तो हुने भन्नेबारे दिल्लीले नियाल्ने बताइएको समेत समाचारमा उल्लेख छ ।
    प्रचण्ड र भारतीय अधिकारिबीच गहिरो सम्बन्ध स्थापित गर्नमा कांग्रेस नेता अमरेश सिंहले पुलको भूमिका खेलेको समाचारमा लेखिएको छ ।(hamro Nepal ) 
    1
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: नरेन्द्र मोदीको कार्यालयमा प्रचण्ड प्रधानमन्त्री नबन्दै यस्तो पत्र तयार (विशेष खुलासा) Rating: 5 Reviewed By: Unknown
    Scroll to Top