728x90 AdSpace

  • Latest News

    Tuesday, July 26, 2016

    आजको राशिफल : वि.सं. २०७३ साल साउन १२ गते। बुधबार। इश्वी सन् २०१६ जुलाई २७ तारिख

    वि.सं. २०७३ साल साउन १२ गते। बुधबार। इश्वी सन् २०१६ जुलाई २७ तारिख। नेपाल संवत् ११३६ दिल्लागा। श्रावण कृष्णपक्ष। तिथि– अष्टमी, १५:२१ बजेउप्रान्त नवमी।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)


    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    Ariesपहिलेको योजना स्थगित हुनेछ भने नयाँ योजना बनाउँदैमा समय बित्न सक्छ। आगन्तुकले अलमल्याउन सक्छन्। अवसर प्राप्त भए पनि परिस्थितिवश काममा बाधा हुने देखिन्छ। आफ्नो सूचना बाहिरिने सम्भावना भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको अवसर प्राप्त हुनेछ। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुहोला।
    बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    Taurusआकस्मिक समस्याले खर्च गराउला। सरसापटमा पनि धन बाहिरिन सक्छ। नहुने काममा बलजफ्ती गर्दा थप समस्या उत्पन्न हुनेछ। फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्। अधैर्य व्यवहारले नोक्सानी दिलाउन सक्छ। अप्ठ्यारो समयमा साथ दिनेहरू कमै भेटिएलान्। सद्विचारले अभिप्रेरित हुनेहरूलाई भने फाइदै हुनेछ। विदेश जाने प्रक्रिया अघि बढ्न सक्छ।
    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
    Geminiमनग्य धन तथा भौतिक वस्तु लाभ हुने समय छ। आयआर्जनका स्रोत बढ्नेछन् भने दैनिक काममा पनि राम्रै फाइदा हुनेछ। चिताएको काम बन्नाले प्रसन्नता मिल्नेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। व्यापार तथा साझेदारीमा पनि फाइदा हुनेछ। आम्दानी बढ्ने भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ।
    कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    Cancerसमाजमा तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। विशेष भेटघाटले काममा उत्साह बढाउला। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ।
    सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    Leoकाममा चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक नतिजा प्राप्त हुनेछ। अप्ठ्यारो समयमा सहयोगी जुट्नाले चुनौती पार लगाउन सकिनेछ। आस मारेको कामले उत्साह जगाउनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने अवसर छ। बाध्यात्मक परिस्थितिबाट मुक्त भइनेछ। काममा श्रम परे पनि राम्रो मूल्य प्राप्त हुनेछ। विशेष जिम्मेवारी हात पार्ने मौका छ।
    कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    Virgoअप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। गोप्य रहस्य पत्ता लगाउन सकिनेछ। शुभचिन्तकहरूले सहयोगको तत्परता देखाउनेछन्। आस मारेको फल पुनः प्राप्त हुन सक्छ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला। केही चुनौती सामना गर्नुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।
    तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
    Libraआफन्तसँग असमझदारी बढ्नाले सोचेको काममा बाधा हुनेछ। बलजफ्ती गर्दा पुरानो सम्झौता भंग हुन सक्छ। केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला। पतिपत्नीमा अविश्वास बढ्ने योग छ। तापनि मेहनत गर्दा सामान्य आम्दानी भइरहनेछ। व्यवसायमा पनि फाइदै हुनेछ। यात्रा गर्दा धनमाल हराउन सक्छ। दु:खी मनले कृत्रिम मुस्कान छर्न बाध्य भइनेछ।
    बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
    Scorpioरकम तथा भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। हठ गर्ने बानीले दुःख पाइनेछ भने सद्विचार लिनेहरूका लागि समय उत्साहजनक रहनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ|
    धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    Sagittariusअवसर आए पनि नयाँ काममा हातहाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। अस्वस्थताले कमजोर तुल्याउनेछ। हतारका काममा ढिलासुस्ती हुन सक्छ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिएला। व्यापार-व्यवसायमा समेत कममात्र फाइदा हुनेछ। नयाँ काममा निकै मेहनत गर्नुपरे पनि आँट गर्दा फाइदै हुनेछ। आश्वासन बाँड्नेहरूबाट सजग रहनुहोला। (नेपाली पात्रो)
    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    Capricornसाझेदारीमा देखिने समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ। पशु र कृषिबाट सोचेको लाभ नउठ्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिनाले दुःख पाइनेछ। साथीभाइले साथ नदिन सक्छन्। पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवारमा आमाको माध्यमबाट काम बनाउन सकिनेछ।
    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
    Aquariusकामको मूल्यांकनका साथ विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले साथ दिनेछन्। रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ हुनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। शत्रु र प्रतिस्पर्धी पछि पर्नेछन्। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। व्यावसायिक काममा मेहनतको फल प्राप्त हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ।
    मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    Piscesशुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दु:ख पाइनेछ। आफ्नै कमजोरीले हातमा आएको अवसर गुम्न सक्छ। साथिभाइले आफ्ना कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्। अलि द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने योग छ। मानहानिको योग देखिएकाले वादविवादमा जोगिने प्रयत्न गर्नुहोला। धैर्य एवं निरन्तरको प्रयत्नले बिस्तारै फाइदा हुनेछ।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: आजको राशिफल : वि.सं. २०७३ साल साउन १२ गते। बुधबार। इश्वी सन् २०१६ जुलाई २७ तारिख Rating: 5 Reviewed By: Unknown
    Scroll to Top