728x90 AdSpace

  • Latest News

    Tuesday, July 26, 2016

    बिहानै मकवानपुरमा पहिरोले पुरिएर एकै परिवारका ती

    काठमाडौँ, ११ साउन - विगत तीन दिनदेखि परेको अविरल वर्षाका कारण पहिरोले घर पुरिएर मंगलवार बिहान एकै परिवारको तीन जनाको मृत्यु भएको छ।
    मकवानपुरको पूर्व सदरमुकाम भीमफेदी गाविस ५ स्थित सोलाभन्ज्याङमा पहिरो गएर मनमाया स्याङतान घर पहिरोले पुरिंदा उनको ज्वाइँ, छोरी र नातीको मृत्यु भएको हो। पहिरोले घर पुरिएर मृत्यु हुनेमा २७ वर्षीय टेकवहादुर रुम्वा, २५ वर्षीय पार्वती रुम्वा र ६ वर्षीय विकास रुम्बा छन्।
    इप्रका भीमफेदीका प्रहरी निरीक्षक वासुदेव थापाका अनुसार बिहान ३ बजेतिर सय फिटमाथिबाट खसेको पहिरोले घर पुरिएको थियो। नम्बर १ जगदल गणका सैनिक र इप्रका भीमफेदी प्रहरी टोलीले पहिरो पन्छाएर मृतकहरुको शव बाहिर निकालेका थिए। घरमा भएका सवै खाद्यान्न, लताकपडा र नगद पनि पुरिएको छ। नगद रकमको खोजी भइरहेको स्थानीयबासीले बताए।
    ज्वाईँ छोरीलाई घरमा राखेर मनमाया गोठमा बसेकाले उनलाई भने केही पनि भएको छैन।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: बिहानै मकवानपुरमा पहिरोले पुरिएर एकै परिवारका ती Rating: 5 Reviewed By: Unknown
    Scroll to Top