728x90 AdSpace

  • Latest News

    Monday, July 25, 2016

    नेपाल वायुसेवा निगमले फेरी सुरु गर्ने भयो दुबई उडान

    युएई–नेपाल वायुसेवा निगमको विमानले संयुक्त अरब इमिरेटस्को दुबईमा आगामी अगस्ट १८ देखि सिधा उडान गर्ने अजमान नेश्नल ट्राभल एजेन्सी (अन्टा) ले जनाएको छ ।

    निगमले युएईको लागि तोकेको जेनरल सेल्स एजेन्ट (जीएसए) अजमान नेश्नल ट्राभल एजेन्सीले २५ जुलाई सोमबार पत्रकार सम्मेलन गरी उक्त कुराको जानकारी दिएको हो ।

    दुबईको लि मेरीडियन होटल भिलेजमा आयोजित उक्त कार्यक्रममा बोल्दै अन्टाका जेनरल मेनेजर कुमार जगदिशनले उडासम्बन्धी सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए ।

    दुबई एअरपोर्ट र निगमबीच हुनुपर्ने सम्पूर्ण प्रक्रिया पुरा भएको बताउँदै उनले भदौ २ (अगस्ट १८) को दिन राती ११ः३० बजे निगमले चार बर्षपछि फेरी पहिलो उडान हुने पनि जानकारी दिए ।

    पत्रकारहरुको विभिन्न प्रश्नहरुको जवाफ दिँदै जगदिशनले नेपाल वायुसेवा निगमको उडान अन्य एअरलाइन्सको तुलनामा सस्तो मुल्य हुने जानकारी दिए ।

    खाना सुविधा र दुबईबाट नेपाल जाँदा ३५ केजी सामान र नेपालबाट युएई आउँदा २० केजी सामान ल्याउन पाइने सुविधा रहेको पनि उनले बताएका थिए ।

    बुद्ध र हिमालको देश नेपाल अत्यन्तै सुन्दर भएकाले पश्चिमा र अरबी मुलका नागरिकका लागि राम्रो पर्यटकीय देश भएकोले आफूहरु नेपालको पर्यटन प्रबद्धनमा पनि सहयोगी बन्ने कुरा पनि उनले बताए ।

    निगमको विमानले आइतबार, मंगलबार र बिहिबार काठमाडौंबाट दुबईको लागि राती ११ः३० बजे उडान गर्नेछ, भने दुबईबाट सोमबार, बुधबार र शुक्रबार विहान ४ः१० मा उडान गर्नेछ । सो उडानमा १५० इकोनोमी र ८ बिजनेस सिटहरु हुनेछन् ।

    कार्यक्रममा युएईका स्थानीय मिडियाहरु गल्फ टाइम्स, खालीज टाइम्स, गल्फ टुडेका प्रतिनीधिहरु, युएईमा क्रियाशिल नेपाली पत्रकारहरु र युएइमा रहेका नेपाली ट्राभल व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

    यता नेपाली निगमले युएई उडान गर्ने निर्णय भएसंगै युएईमा रहेका नेपालीहरु खुशी भएको नमस्ते ट्राभलका सञ्चालक अशोक बाँनियाले बताएका छन । अफ्नो ट्रभालमा हवाई टिकटको लागि आउने नेपालीहरु नेपाली विमानमा, नेपाली खाना संगै सिधा उडान हुने सुनेर खुशी भएको बताउछन

    Rato Pati बाट


    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: नेपाल वायुसेवा निगमले फेरी सुरु गर्ने भयो दुबई उडान Rating: 5 Reviewed By: Unknown
    Scroll to Top