728x90 AdSpace

  • Latest News

    Sunday, July 24, 2016

    फेरि अर्को ट्रकमा आगजनी, छ कार्यकर्ता पक्राउ

    तनहुँ, १० साउन – नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दको क्रममा आज तनहुँमा ट्रकमा आगजनी भएको छ । भैरहवाबाट सिमेन्ट लिएर आउँदै गरेको ना४ख ३९१ नम्बरको ट्रकलाई अज्ञात समूहले बन्दीपुर नगरपालिका–५ आँधिखोलामा रोकी जलाएका हुन् ।

    बिहान सवा ५ बजे ट्रकका चालक र सहचालकलाई ट्रकबाट ओराली उनीहरूले आगो लगाएका थिए । आगजनीबाट ट्रकको अगाडिको भाग जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगजनी हुने बित्तिकै सशस्त्र र नेपाल प्रहरीले आगो निभाएका थिए ।

    यस्तै सोही समूहले चोक्कर लिएर आएको ना५ख ४१३ नं को ट्रकमा ढुङ्गामुडा गर्दा ट्रकको अगाडिको सिसा फुटेको छ । ट्रकमा आगजनी गरेको आशङ्कामा प्रहरीले नेकपा माओवादीका छ जना कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओम पन्त, डम्बर विक, राजन बराल, नरेश घिमिरे, बाबुराम विक र नवीन थापा रहेका छन् ।

    Source: kathmandu today
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: फेरि अर्को ट्रकमा आगजनी, छ कार्यकर्ता पक्राउ Rating: 5 Reviewed By: Unknown
    Scroll to Top