728x90 AdSpace

  • Latest News

    Monday, July 25, 2016

    प्रधानसेनापतिले दिए कडा अभिव्यक्ति, चारैतिर हलचल

    Rajendra_Chhetri_Nepal_Army_Imageकाठमाडौं, ११ साउन । प्रधानमन्त्री केपी ओलीले पदबाट राजीनामा दिएको भोलिपल्ट सोमबार प्रधानसेनापति राजेन्द्र क्षेत्रीले गम्भीर अर्थ लाग्ने अभिव्यक्ति दिएका छन् ।

    उनले मुलुकको पछिल्लो राजनीतिनक परिस्थितिलाई नेपाली सेनाले सूक्ष्म ढंगबाट नियालिरहेको र कुनै पनि गतिविधिबाट राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न भएमा जुनसुकैखाले चुनौती सामना गर्न सेना तयारी अवस्थामा रहेको बताए । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

    एक संस्थाले नेपाली सेनालाई गमला हस्तान्तरण गर्न आयोजित कार्यक्रममा प्रधानसेनापति क्षेत्रीले यस्तो अभिव्यक्ति दिएका हुन् ।

    उक्त अभिव्यक्ति दिनु एक दिनअघि आइतबार प्रधानसेनापति झन्डै एक घन्टा सेनाको परमाधिवति रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग मुलुकको पछिल्लो राजनीति र सुरक्षा अवस्थाबारे गम्भीर छलफल गरेको स्रोतले बतायो ।

    अहिले तरल राजनीतिक अवस्थामा संविधानविरोधी आन्तरिक र बाह्य शक्तिले मुलुकको सार्वभौमिकता, एकता र राष्ट्रिय सुरक्षामा औँल नठड्याऊन् भन्ने उद्देश्यले प्रधानसेनापतिको अभिव्यक्ति आएको सैनिक स्रोतले बतायो ।


    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: प्रधानसेनापतिले दिए कडा अभिव्यक्ति, चारैतिर हलचल Rating: 5 Reviewed By: Unknown
    Scroll to Top