सुनसरी, १० साउन, सुनसरी प्रशासनले कोशी ब्यारेज पुलको सुरक्षा जाँचका कडाइ गरेको छ । भारत तथा अन्य विभिन्न मुलुकमा आतङ्कवादी हमला बढ्दै गइरहेका बेला भारत बिहारमा पनि सुरक्षा चेतावनी बढेपछि ब्यारेज क्षेत्रमा सुरक्षा जाँचलाई कडा पारिएको हो । भारत बिहारका सुपौल जिल्लाका डिस्ट्रिक रेजिटमेटले मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरेर मुस्किल आतङ्कवादी समूहले सुनसरी र सप्तरी जिल्ला जोडेको पुल उडाइदिने धम्की आएको भन्दै सुरक्षा माग गरिएकाले ब्यारेजको सुरक्षार्थ सुरक्षा जाँचमा कडाइ गरिएको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईंले कोशी ब्यारेज क्षेत्रमा नेपाल र सशस्त्र प्रहरीको क्याम्प नै राखेर आवतजावत गर्ने सवारीसाधन र पैदल हिड्ने माथि कडा निगरानी बढाइएको जानकारी दिए । भारत बिहारका समकक्षीले विश्वस्त रुपमा सुरक्षा चेतावनी आएको भनेर ब्यारेजको सुरक्षाका लागि आग्रह भई आएकाले त्यही विषयलाई गम्भीरतापूर्वक लिएर सुरक्षा जाँचसँगै आवतजावतमा निगरानी बढाइएको प्रमुख जिल्ला अधिकारी चापागाईंले बताए । उनका अनुसार सुरक्षा जाँचमा कडाइ पारेपछि अवस्थामा अहिलेसम्म कुनै शंकास्पद अवस्थाका मानिस भने फेला नपरेको पनि चापागाईंले जानकारी दिए । सुरक्षालाई अल्मल्याउनका लागि आतङ्कवादी समूहले अफवाह फैलाएको पनि हुन सक्ने उनको भनाइ छ ।
Source:Ajako khabar
0 comments:
Post a Comment