काठमाण्डु, ९ साउन– आइतबार बसेको व्यवस्थापिका–संसदको बैठकमा अविश्वासको प्रस्तावमाथिको छलफलका क्रममा बोल्दै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले मधेसमा साम्प्रदायीक दंगा फैलाउने काम गरेको आरोप लगाएका छन् ।
उनले राज्यबाट मधेसी जनता मार्ने र त्यहाँको आन्दोलनलाई तुहाउने काम गरेको बताउँदै त्यसकै कारण मधेसी गठबन्धनले काठमाण्डु केन्द्रीत आन्दोलन थालेको बताए ।
सरकारको चिन्तन नश्लवादी चिन्तन भएको भन्दै त्यसले राष्ट्रिय एकतालाई खलन पार्ने काम गरेको उनको भनाइ थियो ।
उनले प्रश्न गरेँ, ‘हामी जब दिल्ली गयौँ तब त्यहाँ हामीलाई नेपालका परराष्ट्रमन्त्रीले पठाएको चार बुँदे प्रस्ताव देखाइयो । देशको आन्तरिक विषयलाई दिल्लीमा पुुर्याइनु यो सरकारको कस्तो राष्ट्रवाद भयो ?’
यादवले मधेसी, अल्पसंख्य, पिछडिएका वर्गक, समुदायका हक–हितका लागि आन्दोलन गरको बताए । उनले भने, ‘यादवले मधेसी, अल्पसंख्य, पिछडिएका वर्ग समुदायको हक–हितका लागि हामीले आन्दोलन गरेका हौँ । तर, सरकारले त्यहाँ गोली चलाएर हत्या निर्दोष जनताको हत्या गर्यो । त्यो हत्या मात्र नभएर नरसंहार थियो ।’
उनले पञ्चायत कालमा राजा महाराजाको पालमा समेत देशको अर्थतन्त्र राम्रो रहेको भन्दै अहिले त्यो धरापमा परेको बताए । उनले भने, ‘पञ्चायत कालमा राजा महाराजाको पालमा पनि देशको आर्थिक बृद्धी ७ प्रतिशतसम्म पुगेको थियो । तर, अहिले ०.७ प्रतिशत छ । जुन शुन्य जस्तै हो ।’
0 comments:
Post a Comment