काठमाडौं । सिंहदरबारमा जारी व्यवस्थापिका संसदको सुशासन समितिको बैठकमा अख्तियार प्रमुख लोकमानसिंह कार्की अनुपस्थित भएका छन् । काठमाडौं विश्वविद्यालयमा भएको परीक्षा हस्तक्षेप लगायत समग्र चिकित्सा क्षेत्रमा भएको अख्तियारको हस्तक्षेपका विषयमा छलफल र जवाफ माग गर्न समितिले अख्तियार प्रमुख कार्कीलाई बैठकमा बोलाएको थियो । विरामी भएको कारण देखाउँदै समितिको बैठकमा अनुपस्थित भएपछि अख्तियारको तर्फबाट सचिव शान्तराज सुवेदी, वेगेन्द्रराज शर्मा, कानुनविज्ञ भानुभक्त पोखरेल, प्रवक्ता कृष्णहरि पुष्करलगायत आठ जना कर्मचारी उपस्थित छन्।
0 comments:
Post a Comment