728x90 AdSpace

  • Latest News

    Monday, July 25, 2016

    चीनले बनायो विश्वकै ठूलो समुन्द्री विमान

    १० साउन, एजेन्सी ।
    चीनले विश्वकै ठूलो समुन्द्री विमान बनाएको छ । एजी ६०० नामको यो विमान जंगलमा लागेको डढेलो निभाउन र समुन्द्रमा उद्दार कार्यका लागि प्रयोग हुने चिनियाँ अधिकारीहरुले बताएका छन् ।
    बोइङ ७ सय ३७ साइजको यो बिमान साढे ५३ टन वजन बोकेर उड्न सक्छ । यसले २० सेकेण्डमा १२ टन पानी संकलन गर्न सक्ने दाबी चिनियाँ अधिकारीहरुले गरेका छन् ।
    एक पटकमा ४५ सय किलोमिटरसम्म उडान भर्न सक्ने यो बिमान चीनको विमान निर्माता कम्पनी एभिएसन इन्डष्ट्रि कर्पेरेशनले बनाएको हो । सात वर्ष लगाएर तयार पारिएको यो जहाज पानी र जमीन दुबैमा अवतरण गर्न सक्छ ।
    समुन्द्रमा पनि पानी जहाज जसरी चल्ने भएकाले यसलाई यसलाई आधा डुंगा र आधा जहाज पनि भनिएको छ ।
    nepaliheadline

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: चीनले बनायो विश्वकै ठूलो समुन्द्री विमान Rating: 5 Reviewed By: Unknown
    Scroll to Top