728x90 AdSpace

  • Latest News

    Sunday, July 24, 2016

    आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्दै संबिधान कार्यन्वयनमा प्रचण्डको जोड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ सरकार, संविधानमा असन्तुष्ट रहेका मधेसकेन्द्रित दल, जनजाति लगायत सबै पक्षको सहकार्यका साथ संविधानको प्रभावकारी कार्यान्वयनमा दृढ भएर लाग्ने बताएका छन् ।


    संस्थापक नेता नरबहादुर कर्माचार्यको तेश्रो स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार आयोजित स्मृतिसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सबै असन्तुष्ट पक्षबीच आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्दै संविधानको प्रभावकारी कार्यान्वयनमा लाग्ने बताएका हुन ।

    भावी प्रधानमन्त्रीको रुपमा हेरिएका माओवादी अध्यक्ष प्रचण्डले कम्युनिष्ट क्रान्तिकारीले आफ्नो बैचारिक कार्यदिशा र बैचारिक स्वतन्त्रतालाई कायम राखी ठीक ढंगको राजनीतिक हस्तक्षेप गर्दै अघि बढ्नु आजको मुख्य चुनौति रहेको बताए ।

    उनले अहिलेको राजनीतिक संघर्षमा प्रभावकारी भूमिका खेल्दै देश र जनताका अगाडि आफुलाई भिन्न पहिचानमा स्थापित गर्न संकल्पका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।news 24 Nepal 

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्दै संबिधान कार्यन्वयनमा प्रचण्डको जोड Rating: 5 Reviewed By: Unknown
    Scroll to Top