काठमाडौं १० साउन | हाँस्यव्यंग्य कलाकार दिपकराज गिरीले प्रधानमन्त्री केपी शर्मा ओलीको नाम सधैँ यादमा आइरहने टिप्पणी गरेका छन ।
आफ्नो फेसबुक पेजमा उनले भावुक हुदै आफूलाई इतिहासका ४ वटा प्रधानमन्त्रीको नाम पनि याद नभएको, तर पछिल्लो नाम सधैँ याद रहने भन्दै ओलीको प्रशंसा गरेका हुन् । आफू एमाले नभएको र ओलीको सम्मोहन कलाले प्रभावित बनाएको उनको टिप्पणी छ ।
गिरीले आफ्नो फेसबुक पेजमा यस्तो लेखेका छन :
मरो सामान्य ज्ञान कमजोर छ इतिहासका ४ वटा प्रधानमन्त्री को नाम पनि याद छैन…. तर ….तर यो पछिल्लो नाम सधै याद रहनेछ तर्क गर्नेहरूले भन्लान् ठूला गफ गरेर मात्र गए म भन्छू सम्मोहन कला पनि ठूलो कला हो एउटा मनमोहन … ९ महिना अर्का सम्मोहन … ९ महीना…… यति भनिरहदा एमाले भन्ने आरोप लाग्या .. तर अहिले सम्म यो दल संग एउटा भोटको सम्बन्ध पनि नरहेको अबगत गराउछू……..!!! आउने वाला पनि प्रभावशाली छन्…. तर कामले होस वा कुराले मात्रै भएपनि जनतालाइ सम्मोहित भने तुल्याउनु होला राजनीतिले दिक्दार भएका जनतालाइ सम्मोहित तुल्याउनु पनि उनिहरूलाइ मनोरोगी हुन बाट जोगाउनु हो ………………. जय नेपाल ………….!!!
0 comments:
Post a Comment