728x90 AdSpace

  • Latest News

    Monday, July 25, 2016

    नेपाली सिनेमाका १० हिट भिलेनहरु : कसैलाई देख्ने वित्तिकै केटी भाग्थे , कसैले गरे प्रेम विवाह

    एक सफल फिल्म निर्माणका लागि हिरोको जति आवश्यकता छ, एक भिलेनको पनि त्यति नै आवश्यकता हुन्छ । जति खलनायक बलिया हुन्छन् त्यति द्धन्द हुन्छ । त्यसले दर्शकलाई बाँधेर राख्न सक्छ । तर फिल्म हेरिसकेपछि हिरोलाई मात्र सम्झन्छन् । भिलेनलाई बिर्सन्छन् । फ्यान पनि हिरो कै हुन्छन् । भिलेनको फ्यान भेट्न गाह्रै पर्छ ।

    अझ पहिले त भिलेनलाई समाजले हेर्ने र गर्ने व्यवहार पनि फरक हुन्थ्यो । उनीहरुलाई समाजमा पनि फरक नजरले हेर्ने गर्दथे । फर्सी नेटवर्कमा आज हामी नेपालका केहि सफल भिलेनको बारेमा चर्चा गर्दैछौं– जसले आफू नराम्रो बनेर सिने जगतलाई राम्रो बनाएका छन् । 

    सुनील थापा 

    सुनील थापाको वास्तविक थर गुरुङ्ग हो । उनका पिता भारतीय सेनामा कायर्रत थिए । नेपालीलाई बहादुर भनेर चिनिने भएका कारण, उनको बुवालाई भारतमा थापा भनेर बोलाउन थालियो । यसैकारण, सुनील गुरुङ्गबाट सुनील थापा भएका हुन् ।

    सुनील थापाको घर पाल्पा भएपनि उनको बाल्यकाल र पढाई भने भारतको मुम्बाइमा भयो । स्कुल स्तरको पढाई सकाएपछि उनले मुम्बईबाटै मोडलिङ शुरु गरे । सुनीलका पिताले उनलाई विज्ञान विषयको अध्ययन गरेर केहि गरेको हेर्ने ईच्छा राखेका थिए ।

    तर सुनीललाई भने एक चर्चित र सफल फूटबल खेलाडी बन्ने चाहना थियो । तर न त उनको बुवाको ईच्छा पूरा भयो न त उनको ।  उनलाई उनको भाग्यले एक भिलेन र अभिनेता बनाईदियो । मुम्बइमा बस्दा उनले बलिउडमा काम गर्ने मौका पाए ।

    १८ वर्षको उमेरमा अभिनयको सुरुवात गरेका उनको पहिलो फिल्म हो साहेब भादूर । अर्को फिल्म एक दुजेके लिए मा उनले खलनायक भएर काम गरे । तर, नेपाली सिने जगतमा उनलाई फिल्म चिनोको राते काँइलाले भिलेनका रुपमा चिनायो । 
    उनी चार दशक भन्दा धेरै समयअघि देखि अभिनयमा सक्रीय छन् । उनको गुण्डागिरी यति बलियो भयो की उनी सुटिङ गर्न गाउ जाँदा गाउका युवतीहरु डराएर भागेका धेरै घट्नाहरु सुन्नमा आए । सधैं भिलेन भएर फिल्म खेल्ने सुनीललाई बलिउडले राम्रो अफर दियो मेरी कोममा काम गर्ने । मेरी कोम मा सुनीलले प्रियंका चोपडाको कोच भएर काम गरे । उनले त्यो फिल्मबाट धेरै प्रशंसा बटुले । तर, थापा राते भिलेनकै रुपमा स्थापित छन् ।   

    नेपाली फिल्म क्षेत्रमा उनलाई नम्बर वान भिलेन मानिन्छ । नेपाली फिल्मको सुरुवाती दिनमा थापाले केही चलचित्रमा नायक भएर खेले पनि खलनायक भएर खेलेको चिनो चलचित्र निकै चर्चित भयो । धेरै सिनेमामा अर्काको इज्जत लुट्ने र दुख दिने थापा खासमा असल पिता र श्रीमान् मात्र होइनन् एकदमै रमाइलो व्यक्ति हुन् । 

    मुरलीधर 

    अभिनेता तथा गायक मुरलीधरको गृह जिल्ला सिराहा भएपनि मुरलीधर केहि वर्षयता मुम्बईमा बसोबास गर्दै आएका छन् । नेपाली सिनेमाका भिलेन मुरलीधरले पनि आफ्नो परिचय खलनायकको रुपमा बनाए । उनले   फिल्मका भिलेनको भूमिकालाई न्याय दिएका छन् ।

    पछिल्लो समयमा  उनले खेलेको फिल्म भौरव हो । भौरवमा उनले भिलेन छन् । नेपाली सिनेमाका भिलेन मुरलीले हिन्दी फिल्ममा समेत काम गरेका छन् ।   उनले  नेपाली फिल्म साईनो, कन्यादान, देउकी, सम्झना, भैरव  लगायतका फिल्ममा काम गेका छन् । 
    चलचित्रका पर्दामा खलनायकको भूमिकामा देखिए पनि वास्तविक जीवनमा भने उनी एक असल व्यक्तित्व भएको बताईन्छ । उडायो सपना सबै हुरीले, त्यो नजरको बयान गरुँ म कसोरी – यी गीत उनले गाएका हुन् । रमाइलो कुरा, उनलाई फिल्ममा भिलेनको रुपमा काम गरेको देखेर विहेका लागि केटी हेर्न जादाँ, विहे प्रस्ताव नै अस्वीकार गरिन्थ्यो रे । 

    टिका पहारी 

    टिका पहारीलाई पनि नेपाली सिने जगतका प्रख्यात भिलेन हुन् । उनले  दुई थोपा आँशु,  मिलन, सम्पति, मन्जरी लगायतका दर्जनौँ 
    फिल्महरुमा भिलेनको भूमिका निभाएर दर्शकको मन जितेका छन् । उनको खलनायकी यति गाढा भयो की घरमा छोरा गौरव पनि उनीसँग डराउँथे । टिका पहारी पर्दामा जति नै कडा देखिए पनि बाहिर उनी निक्कै मिलनसार र अनुशासित व्यक्ति हुन् ।


    टिकाले आफू भिलेन भएर राज गरेपनि सिने उद्योगका लागि एक हिरो भने दिएका छन् –छोरा गौरव । गौरव पहारीले अहिले सिनेमामा राम्रो गरिरहेका छन् । गौरवले पनि बुवाले जस्तै सिनेमामा राज गर्ने सकेंत देखिन्छ ।   

    सुशील पोख्रेल

    सुुशील पोख्रेल सफल खलनायकको रुपमा परिचित छन् । दर्जनौं फिल्ममा खलपात्रको भूमिका निभाएर सुशीलले दर्शकको मन जिते । रंगमन्चबाट अभिनयको सुरुवात गरेका उनले फिल्मी दुनीयामा निकै रजार्इं गरे ।

    तीन दशकसम्म फिल्मी क्षेत्रमा सक्रिय सुशीललाई उनका आमाबुवाले ईन्जिनियर बनाउने ईच्छा राखेका थिए । तर उनी भिलेन बने । बाबुआमाले छोरा ईन्जिनियर बनोस भने चाहना राखेपनि ईन्जिनियर बन्ने सोच सुशीलमा थिएन ।   
    अभिनयको करियर शुरु नहुँदै त्रिचन्द्र कलेजबाट आई एस सी सकाएका सुशीलशुशीलले पुलचोक क्याम्पसमा बि ई को लागि ईन्ट्रान्स पनि दिएका थिए । उनले दबाबमा ईन्ट्रान्स दिएको भएपनि नाम भने निस्कीएन ।   आफ्नो नाम ननिस्कदा उनी निकै खुसी भएका थिए ।

    किनकी उनमा  ईन्जिनियर बन्ने सोचै थिएन । सुशीलको चाहना थियो विशुद्ध कलाकार बन्ने ।  उनी आफ्नो नामको अगाडी नायक , खलनायक  केहिको पनि ट्याग झुडाउन चाहदैनथे ।   कलाकार भएपछि जस्तो पनि गर्नुपर्छ भन्ने उनको धारणा थियो ।

    शुशीलले पहिलो पटक हिरोको रुपमा फिल्म छिमेकीमा  गुमानेको भूमिका निभाएका थिए ।  छिमेकीमा हिरो भएर काम गरेपछि उनलाई राम्रै प्रतिक्रियाहरु आएका थिए ।  तर पछि उनले एक फिल्ममा भिलेनको रुपमा काम गरे । उनलाई हिरोको रोलमा भन्दा भिलेनको रुपमा दर्शकले मन पराए ।  त्यसपछि एक पछि अर्को फिल्म गर्दै उनले सफल भिलेनको परिचय बनाएका हुन् । उनी पनि कोमल मनका व्यक्ती भनेर चिनिन्छन् । 

    दिनेश शर्मा

    अभिनेता दिनेश शर्माले करियरको सुरुवातमा हिरो भएर काम गरे । तर हिरोमा आफूलाई नफाप्ने ठानेपछि उनले भिलेनमा हात हाले । भिलेन बनेर खेलेका उनका फिल्महरुले पनि  राम्रो ब्यापर गर्न थाले । दिनेशलाई भिलेनको रुपमा दर्शकले खुबै  रुचाए । जसले गर्दा दिनेशलाई हिरोबाट भिलेन बन्न मद्दत गर्यो ।  पहिले हिरो भएपनि अहिले दिनेशको परिचय भने  भिलेनकै रुपमा हुन्छ ।  उनले नेपाली बाबु,  क्रोध , दाग, आर्शिवाद लगातका फिल्ममा भिलेन बनेर काम गरेका छन् । 

    मुकुन्द थापा 

    मुकुन्दले दर्जनौँ फिल्महरुमा भिलेन भएर काम गरे । उनी भिलेन बनेका प्राय फिल्महरु सफल छन् । अजंगको शरीर, बुलन्द स्वर, लामा कपाल रिसाहा अनुहार हेर्दैमा भिलेन देखिने उनलाई धेरैले साँच्चैकै गुण्डा भन्ने पनि गर्छन् । मुकुन्द नेपाली फिल्म उद्योगका सफल, चर्चित र सबैले मन पराएका भिलेन हुन् । उनले स्वर्ग, पिंजडा सपुत लगायत दर्जनौं फिल्ममा भिलेन भएर काम गरेका छन् ।  


    हेमन्त बुढाथोकी

    नेपालका अर्का चर्चित र सफल  भिलेन हुन् हेमन्त बुढाथोकी । उनले  पनि भिलेनको रुपमा काम गरेर नेपाली सिनेमामा एक सफल भिलेनको रुपमा आफ्नो नाम दर्ता गराएका छन् । उनको क्रेज अहिले पनि उस्तै छ । उनले अभिनय गरेका दर्जनौं फिल्महरुले राम्रो ब्यापार छन् । उनले सपुत, बाटो मूनिको फूल, मृग तृष्णा, चलेछ बतास सुस्तरी लगायतका फिल्ममा काम गरेका छन् ।  


    रोबीन तामाङ

    भिलेनको रुपमा परिचय बनाएका रोबीन तामाङ गायक पनि हुन् । उनले छड्के बाट अभिनय यात्रा सुरु गरेका थिए । पहिलो फिल्ममै आफ्नो अभिनयलाई दर्शकले रुचाएपछि उनलाई भिलेनकै रुपमा अघि बढ्न हौसला मिल्यो । बुवाको जागिरको सिलसिलामा सिंगापुरमा जन्मेका रोविन नेपाली पप, रक संगीतका स्थापित गायक पनि हुन् । उनले छड्के, मुखौटा, वान वे, जय पर्शुराममा भिलेनको रुपमा काम गरेका छन् । उनको भिलेन यात्रा कति अघि बढ्ने हो त्यो भने अहिले नै भन्न सकिन्न । 


    राजेन्द्र खड्गी 

    नेपाली सिनेमाको भिलेनको रुपमा स्थापित अर्को नाम हो राजेनद्र खड्गी । सयौँ नेपाली फिल्ममा द्धन्द निर्देशकको रुपमा काम गरेका राजेन्द्र खड्गीले धेरैलाई एक्सन हिरो बनाए पनि आफू भने भिलेन बने । अग्नी परीक्षा, शंकर, गोर्खाली, बारुद, देवर बाबु, कर्कश, नथिङ इम्पोसिवल लगायतका थुप्रै रहेका छन् ।

    उनलाई रोम्यान्टिक भिलेनको रुपमा पनि चिनिन्छ । उनी मारपिट मात्रै होइन हिरोइनसँग नाच्ने पनि गर्दथे । अग्नी परीक्षाको ‘हाम्लाई पनि मायाले हेर पार्वती’ बोलको गीतमा उनी नाँचेका छन् । गीत सुपरहिट भयो । उनले अंगालो अंगालोमा चलचित्रमा चिसो चिसो पानीमा, इटहरीको बजारमा ओ माया र्याक नगर लगायत दर्जैनौ गीतमा नाचेका छन् । 
    यस हिसाबमा उनी रोम्यान्टिक भिलेन हुन् । पर्दामा रुखो र डर लाग्दो राजेन्द्रले प्रेम विवाह गरेका हुन । उनका छोरीहरु पनि नेपाली सिने उद्योगमा सक्रिय छन् । राजेन्द्र खड्गी वास्तविक जीवनमै त्वोगान्दो, कराते जस्ता खेलका खेलाडी हुन भने उनले गृह जिल्ला मकावानपुरमा मुक्का प्रहार गरेर राँगा ढालेको प्रसंग कुनै वेला निकै चर्चित थियो । उनी यति बेला आफ्नै विजनेसमा व्यस्त छन् । 

    पवन मैनाली 

    पवन मैनाली अर्का भुल्ने नसकिने खलनायक हुन् । पिंजडा जस्ता ब्लकबस्टर फिल्म बनाएका उनी पिंजडा संगै स्वर्ग, संगम, आवारा, धर्म, जन्मभुमी, रणभुमी, छोरीबुहारी जस्ता दर्जनौँ सिनेमामा खलपात्रको रुपमा काम गरिसकेका छन् । सर्लाही घर भएका मैनाली केही समय अघि भएको कार दुर्घट्ना पछि अहिले उनी घरमै आराम गरेर बसेका छन् । सुन्नमा आए अनुसार उनी प्यारालाइसिस् भएर बसेको छ । 



    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: नेपाली सिनेमाका १० हिट भिलेनहरु : कसैलाई देख्ने वित्तिकै केटी भाग्थे , कसैले गरे प्रेम विवाह Rating: 5 Reviewed By: Unknown
    Scroll to Top