उत्तर कोरियाका तानाशाह किम जोंग उन पहिलो पटक कुनै लोकतान्त्रिक तरिका अपनाउँदै छन् । आफ्नी २९ वर्षीय बहिनी किम यो जोंगको विवाहको लागि उनले ज्वाईंको खोजी गरिरहेको स्रोतले बताएको छ ।
बहिनीले छानेका पुरुषहरुमध्ये कुनै एकलाई आफ्नो जीवनसाथी छान्ने स्वतन्त्रता उनलाई दिइएको छ । तर, यो त्यति सजिलो पनि छैन किनभने यो विवाहका लागि किम जोंगले थुप्रै शर्तहरु राखेका छन् ।
उनले बहिनीको विवाहका लागि एउटा प्रतियोगिता शैलीको कार्यक्रम आयोजना गर्ने भएका छन् । बहिनीको विवाहको खबरलाई news.com.au मा प्रकाशित गरिएको छ । अहिलेसम्म किम जोंग आफैले ३० अविवाहित पुरुषहरुलाई उक्त प्रतियोगिताबाट आउछ गरिसकेका छन् ।
किम जोंगकी श्रीमती थिइन् चीयरलिडर, उनको सुन्दरतामा भएका थिए मुग्ध
स्रोतका अनुसार किमले आफ्नो हुनेवाला ज्वाईं किम इल सुंग युनिभर्सिटीबाट स्नातक गरेको हुनुपर्ने बताएका छन् । यसका साथै उनको उचाई ५ फिट १० इन्च हुनुपर्ने पनि शर्तमा उल्लेख छ ।
हेर्दा निकै आकर्षक र सेनाको जागिरे हुनुपर्ने अर्को शर्त उनले राखेका छन् । २९ वर्षीय किम जोंगकी बहिनीलाई उत्तर कोरियाको शक्तिशाली महिलाको रुपमा हेरिन्छ । उनलाई भर्खरै वर्कर्स पार्टीको सेन्ट्रल कमिटिको सदस्यसमेत बनाइएको छ ।
तानाशाह किम जोंगले प्रतिबन्ध गरेका यी २३ तस्बिर
सन् २०१२ मा पनि किम जोंगले बहिनीको लागि यस्तै प्रकारको विवाह गर्ने घोषणा गरेका थिए तर त्यतिबेला किम जोंगले जस्ता शर्त राखेका थिए त्यसमा कोही पनि सफल हुन सकेन । चार वर्ष पछि उनले पुनः बहिनीको विवाहको गर्ने घोषणा गरेका छन् ।
रातोपाटीमा खबर छ
0 comments:
Post a Comment