728x90 AdSpace

  • Latest News

    Sunday, July 24, 2016

    सिन्धुलीमा हावाबाट ३५ किलोवाट बिजुली उत्पादन

    ìकाठमाडौं–सिन्धुली सदरमुकाम माढी बजारबाट पश्चिममा अवस्थित हरिहरपुरागढी गाविसमा वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको अगुवाइमा हावाबाट बिजुली निकाल्ने तयारी गरिएको छ । केन्द्रले एक वर्ष लगाएर हावाको गति मापनपछि ३५ किलोवाट विद्युत उत्पादन गर्न सकिने अध्यन सार्वजनिक गरेको छ ।

    अध्ययनपछि चालू आर्थिक वर्षमा काम सुरु गर्न वैकल्पिक उर्जा प्रवर्धन केन्द्र जिल्ला विकास समिति, सिन्धुली र स्थानीय उपभोक्ता समितिबीच त्रिपक्षीय सम्झौता भइसकेको जिल्ला विकास समितिअन्तर्गत उर्जा तथा वतावरण शाखाका प्रमुख सन्दीप उपाध्यायले जानकारी दिए ।

    कुल दुई करोड पाँच लाख ५५ हजार रुपैयाँमा कार्य सम्पन्न हुने उनले जानकारी दिए । हावाबाट उत्पादन हुने बिजुलीबाट गाविसका ८३ घरधुरी लाभान्वित हुने जिविस सिन्धुलीले जनाएको छ । उता हावाबाट बिजुली निकाल्ने काम सुरु हुने भएपछि स्थानीय खुसी भएका छन् । आजको अननपूर्ण पेष्ट दैनिकमा खबर छ ।


    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: सिन्धुलीमा हावाबाट ३५ किलोवाट बिजुली उत्पादन Rating: 5 Reviewed By: Unknown
    Scroll to Top