728x90 AdSpace

  • Latest News

    Monday, July 25, 2016

    डिडिसीद्वारा दूधको परिमाणमा ठगी

    काठमाडौँ, १० साउन । दुग्ध विकास संस्थान (डिडिसी) बाट उत्पादित दूधको परिमाणमा ठगी भएको फेला परेको छ । नेपाल गुणस्तर तथा नापतौल विभाग क्षेत्रीय कार्यालयले काठमाडौँले नाप जाँच गर्दा आधा लिटर दूधमा ११० मिलिलिटर दूध घटी भएको फेला परेको हो ।

    आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागले नेपाल गुणस्तर तथा नापतौल विभागमार्फत क्षेत्रीय कार्यालय बालाजुलाई नापजाँचका लागि चिठी पठाएपछि नाप गर्दा उक्त मिलिलिटर कमी फेला परेको हो ।

    क्षेत्रीय कार्यालयका प्रमुख शशिभूषण यादवले आधा लिटर दूधमा यतिधेरै मिलिलिटर कमी भएको फेला परेपछि कारबाहीका लागि डिडिसीलाई पत्राचार गरिएको जानकारी दिनुभयो । यस्तो कमी फेला परेपछि क्षेत्रीय कार्यालयले आजै अनुगमन गरिने प्रमुख यादवले बताउनुभयो ।

    पुर्वेली न्यूजमा खबर छ । 
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: डिडिसीद्वारा दूधको परिमाणमा ठगी Rating: 5 Reviewed By: Unknown
    Scroll to Top