728x90 AdSpace

  • Latest News

    Tuesday, July 26, 2016

    नयाँ सरकारमा मन्त्री हुनेहरुमा पुरानाको नाम पनि चर्चामा, शक्ति बस्नेत र गणेशमान पुनको त कसैले नाम सुन्नै चाहेनन्

    काठमाण्डु, १२ साउन– आगामी सरकारको नेतृत्व गर्न लागेको नेकपा माओवादी केन्द्रमा मन्त्रीका आकांक्षी बढेपछि नेतृत्व गम्भीर संकटमा परेको छ । पार्टीबाट मन्त्री चयनका लागि हुने गरेका अनौपचारिक छलफलमा आफू पक्षधरलाई महत्वपूर्ण मन्त्रालयसहित मन्त्री बनाउने होडबाजी बढेपछि अध्यक्ष पुष्कमल दाहाल सरकारको नेतृत्व नगर्दै संकटमा परेका हुन् ।

    माओवादीमा आफू पक्षधरलाई मन्त्री बनाउने दौडधुपसँगै मिडियाबाजीसमेत बढेर गएको छ । आगामी सरकारमा कुनकुन दल सहभागी हुने र कुन मन्त्रालय पर्ने भन्ने निश्चित नहुँदै पार्टीभित्र मन्त्रीको सम्भावित पात्रका विषयमा भने छलफल निकै बाक्लो बनेको छ ।  स्रोतकाअनुसार शिक्षामन्त्री गिरिराजमणि पोख्रेल, सामान्य प्रशानमन्त्री रेखा शर्मा, वनमन्त्री अग्नि सापकोटाको नाम चर्चामा छ। उनीहरुले राम्रो काम गरेको भन्दै दोहोर्याउने चर्चा चलेको हो । राजधानी दैनिकबाट

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: नयाँ सरकारमा मन्त्री हुनेहरुमा पुरानाको नाम पनि चर्चामा, शक्ति बस्नेत र गणेशमान पुनको त कसैले नाम सुन्नै चाहेनन् Rating: 5 Reviewed By: Unknown
    Scroll to Top