728x90 AdSpace

  • Latest News

    Tuesday, July 26, 2016

    सोमालिया विमानस्थल नजिकै विस्फोटमा १३ जनाको मृत्यु

    मोगादिसु, ११ साउन । सोमालियाको राजधानी मोगादिसु विमानस्थलनजिकै मङ्गलबार भएको दुई भीषण बम विस्फेटमाा परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको समाचार छ । सो विस्फोट मोगादिसु विमानस्थलनजिकै जोडिएको संयुक्त राष्ट्र सङ्घ र अफ्रिकन युनियनको भवननजिकै भएको बताइएको छ । प्रहरीका अनुसार यस आत्मघाती आक्रमणको जिहादी साबाब समूहले जिम्मा लिएको छ । अल कायदासँग आवद्ध यस साबाब समूहले सोमालिया र छिमेकमा रहेको राष्ट्र केन्यामा भएको रक्तपातपूर्ण आक्रमणको जिम्मा लिदै आएका छन् । सो समूह अन्तर्राष्ट्रिय समर्थन रहेको सोमालिया सरकारलाई फ्याक्न लडाई गरिरहेका बताइएको छ ।

    विमानस्थलनजिकै रहेको प्रहरी चौकी र संयुक्त राष्ट्र सङ्घीय परिसरनजिकै सो आत्मघाती विस्फोटहरु गराइएको थियो । एएफपीका एक पत्रकारका अनुसार यस इलाकामा गोलाबारीको पनि आवाज सुनिएको थियो । आतङ्ककारी समूह साबाबले प्रकाशित गरेको एक विज्ञप्तिमा लडाकूहरुले गरेको सो आक्रमण आत्मघाती भएको जनाइएको छ । स्थानीय समयाअनुसार मङ्गलबार विहान ०९ बजे भएको यस आक्रमण कैयौँ व्यक्ति घाइते भएका छन् । घाइतेहरुको एकिन सङ्ख्या भने समाचारमा दिइएको छैन् । एएफपी



    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: सोमालिया विमानस्थल नजिकै विस्फोटमा १३ जनाको मृत्यु Rating: 5 Reviewed By: Unknown
    Scroll to Top