728x90 AdSpace

  • Latest News

    Tuesday, July 26, 2016

    पोखराको रामघाट जलमग्न, २४ घण्टामा २२३ मिलिमिटर वर्षा

    पोखरा– लगातारको वर्षाले सेती नदीको रामघाट क्षेत्र डुवानमा परेको छ। रातभरीको वर्षाले नदीमा वहाव बढेको र निकास साँघुरो हुँदा रामघाट क्षेत्र जलमग्न भएको हो। पोखरामा पछिल्लो २४ घण्टामा करिब २२३ मिलिमिटर वर्षा भएको हावापानी कार्यालयले जनाएको छ।

    पोखरा बजारभित्रका विभिन्न भाग पनि जलमग्न भएका छन्। कास्कीका प्रहरी प्रवक्ता डिएसपी गजुसिद्धि बज्राचार्यले रामघाटमा संकलित बाढीले स्थानीय सुकुम्बासीका १० वटा घर डुबानमा परेको र ती घरका बासिन्दालाई बाहिर निकालिएको बताए। ‘रामघाटको डुवान रातीसम्म निकै नै थियो। अहिले केही कम भएको छ,’ उनले भने, ‘लगातारको वर्षाका कारण बाढी वहाव बढेर रामघाटमा संकलन भएको थियो।’ रामघाटमा केही फराकिलो भएकोले वर्षेनी वर्षायाममा पानीको तह बढ्छ। पानी जम्मा हुने ठाउँ फराकिलो तर निकास साँघुरो हुँदा डुबानको समस्या छ।  

    संकलित वहावको साँघुरो निकासका कारण बग्न नसकेपछि डुबान क्षेत्र बढेको उनले बताए। पहिरो गएर अवरुद्ध भएको पोखरा–बागलुङ राजमार्ग खुलाइएको पनि उनले बताए। ‘सबैतिर सतर्कता अपनाएका छौं,’ उनले भने, ‘अधिक वर्षा भएपछि डुवान क्षेत्रमा पर्ने सम्भावित बस्तीका बासिन्दालाई सुरक्षित क्षेत्रमा जान भनेका छौं।’

    हावापानी कार्यालय पोखराका अनुसार पछिल्लो २४ घण्टामा पोखरामा २२२.९ मिलिमिटर वर्षा भएको छ। ‘२४ घण्टामा भएको अधिक वर्षा हो, अझै वर्षा हुने सम्भावना छ,’ हावापानी कार्यालयका मौसमविद अनिल साहले भने। हावापानी कार्यालयले २४ घण्टाको रेकर्ड राखे पनि पोखराको यो वर्षा पछिल्लो १२ घण्टाको मात्र भएको उनले बताए। ‘यो तथ्यांक १२ घण्टाको हो। हामीले २४ घण्टाको रेकर्ड भने पनि सोमबार बेलुकीपछि मात्र पोखरामा भीषण वर्षा सुरु भएको हो। आज बेलुकीसम्म वर्षा अझै बढी हुने सम्भावना छ।’

    NagarikNewsबाट साभार।


    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: पोखराको रामघाट जलमग्न, २४ घण्टामा २२३ मिलिमिटर वर्षा Rating: 5 Reviewed By: Unknown
    Scroll to Top