728x90 AdSpace

  • Latest News

    Monday, July 25, 2016

    औषधी बोकेको गाडीमा आगजनी गर्ने माओवादी कार्यकर्ता पक्राउ

    साउन ११ , चितवन,साउन । चितवनको रत्ननगरमा सोमबार बिहान ट्रकमा आगजनी गरेको आरोपमा पक्राउ परेका नेकपा माओवादी (विप्लव) का दुई कार्यकर्ता विरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ ।
    उनीहरुविरुद्ध सोमबार मुलुकी ऐन आगजनीको महलअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धानका लागि जिल्ला अदालत चितवनबाट म्याद थप गरिएको चितवनका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए ।
    तीनजना पक्राउ परेकामध्ये दुईजना विरुद्ध मुद्दा दर्ता भएको र एक जनाको संलग्नता नदेखिएको पाइएकाले अनुसन्धान पछि छाडिने उनले बताए ।
    यसरी म्याद थप गरिएकामा विप्लव माओेवादीको चितवन जिल्ला सदस्य रमेश लामिछाने र कार्यकर्ता डायमण्ड तामाङ रहेका छन् । उनीहरुलाई रत्ननगरबाट पक्राउ गरिएको थियो ।
    यस्तै, माडीबाट पक्राउ परेकी हरिमाया महतोलाई भने अनुसन्धानपछि छाडिने प्रहरीले जनाएको छ । सोमबार बिहान रत्ननगरको निपनी चोकमा औषधि बोकेर काठमाडौँ जाँदै गरेको ना ५ ख ७४३२ नम्बरको ट्रकमा आगजनी भएको थियो । सोही घटनामा संलग्न रहेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।नेपालीपत्र डटकमबाट साभार।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: औषधी बोकेको गाडीमा आगजनी गर्ने माओवादी कार्यकर्ता पक्राउ Rating: 5 Reviewed By: Unknown
    Scroll to Top