728x90 AdSpace

  • Latest News

    Monday, July 25, 2016

    फुटबल मैदानमा बाबा रामदेवको 'बनाना किक'!

    नयाँ दिल्ली— भनिन्छ रामदेव बाबा जे पनि गर्न सक्षम छन्। उनी योग ध्यान मात्र होइन मनोरञ्जन, राजनीति र व्यापार पनि यस्तै राम्रोसँग ह्यान्डल गर्न सक्छन्। यी सबै कुरामा योग बाबाको संलगन्ता देखिए पनि खेलकूद मैदानमा उनी पहिलो पटक देखिएका छन्।

    रामदेव बाबा हालै नयाँ दिल्लीको जवाहरलाल नेहरु रंगशालामा फुटबल खेलाडीको रुपमा मैदानमा देखिए। उनको प्रदर्शन त्यहाँ राम्रो फुटबल खेलाडीको जस्तो देखियो। जमेर उनले फुटबल किक हाने।

     

    बाबा राामदेव योग ध्यान मात्र होइन मनोरञ्जन, राजनीति र व्यापार पनि राम्रोसँग गर्न सक्षम छन्। यी सबै कुरामा योग बाबाको संलग्नता देखिए पनि खेलकूद मैदानमा उनी पहिलो पटक देखिएका छन्। फुटबल मैदानमा उनको प्रदर्शन सशक्त देखिएको छ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको 'क्लिन इन्डिया' क्याम्पियनले आयोजना गरेको च्यारिटेबल फुटबल म्याचमा बाबा रामदेव खेलाडीको रुपमा मैदानमा देखिएका हुन्। खेल बलिउड कलाकार र भारतीय सांसदहरुबीचको टोलीबीच भएको थियो।

    अभिशेक बच्चनको अल स्टार फुटबल क्लबमा रनबीर कपुर, अर्जुन कपुर, डिने मोरिया, सिद्धार्थ मल्होत्रा सहितका बलिउड कलाकार समावेश थिए। भारतीय सांसदहरुको टोलीमा त्रिणमुल कंग्रेसका सांसद एवं पूर्व भारतीय फुटबल कप्तान प्रासुन बनर्जी सहितका नेता थिए।

    पहेँलो लुगामा बाबा रामदेवले फुटबल खेलेको निकै गजब देखिएको थियो। उनले प्रहार गरेका प्रहारलाई भारतीय सञ्चारमाध्यमले डेभिड बेक्यामको बनाना किकसँग तुलना गरेका छन्। इङ्ल्यान्डका पूर्व फुटबल कप्तान बेक्यामको फ्रि किक प्रहार गर्ने बनाना कि शैली फुटबलमा चर्चित छ।

     Nagarik news बाट


    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: फुटबल मैदानमा बाबा रामदेवको 'बनाना किक'! Rating: 5 Reviewed By: Unknown
    Scroll to Top